पाल्पाका शैक्षिक संस्था बन्द !

Read Time:4 Minute, 0 Second

देब पचभैया

पाल्पा, मंसिर १३ – संयुक्त विद्यार्थीं संघर्ष समिति पाल्पाले आईतवार जिल्लाका सम्पूर्ण शैक्षिक संस्था बन्द गराएका छन् । विधार्थीको बन्द आब्हानले पाल्पाका कुनै पनि शैक्षिक सस्था संचालन भएका छैनन् ।

बिधार्थी विनु थापाको हत्यारालाई पक्राउ गर्न र ५ वर्षदेखि अज्ञात रहेका सेन उच्च माविका बिधार्थी किशोर न्यौपानेको सार्वजनिक गर्न माग गर्दै विरोध स्वरुप बिधार्थी संगठनले शैक्षिक संस्था बन्दको आव्हान गरेका हुन् । प्रेस विज्ञप्ती निकाल्दै विद्यार्थी संघर्ष समितिले पछिल्लो केही वर्ष यता पाल्पामा विद्यार्थीहरु असुरक्षित भएको भन्दै चिन्ता जनाएका छन् । विज्ञप्तीमा पाल्पा कलेज (जेभीटी) मा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला पछि परिवारले किटानी जाहेरी दिएको भएपनि उनका श्रीमान् बेपत्ता भएको भन्दै दोषी लाई पक्राउ हुन नसकेकोमा 
आपत्ती जनाईएको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी केन्द्र, अखिल क्रान्तिकारी, अखिल छैठौ, नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्षहरुको हस्ताक्षर रहेको विज्ञप्तीमा कुनै पनि अवस्थामा प्रशासनिक निकायले घटनालाई लुकाउने कोसिस गरेमा सयुक्त विद्यार्थी संर्घष समिति पाल्पा अन्दोलनमा उत्रने उल्लेख गरिएको छ । विश्व विद्यालय मातहतबाट संचालित परीक्षामा भने कुनै प्रभाव नपरेको बिधार्थीहरुले जनाएका छन् ।

(विनु घटनामा संलग्न पक्राउ पर्न नसकेको भन्दै आफन्तको विरोध)

गएको दशै देखि बेपत्ता विनुको हत्या गरि शव फ्याकिएको भन्दै शवको सनाखत गरेका परिवार र आफन्तले विनुको हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै दुख ब्यक्त गरेका छन् । कारवाहीका लागी निवेदन दिएको हप्ता दिन पुग्न लाग्दा पनि जाहेरी दिएका लाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै विनुका माईती पक्षले जिल्लाका अधिकारकर्मी र पत्रकारहरुसँग भेट गरि हत्यारा पक्राउ गर्न दवाव दिन अनुरोध गरेका छन् ।

हेक्लाङ पाल्पाकी २४ बर्षिया बिनु थापा मगरको ताहु ७ पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्याल संग चार बर्ष पहिले अन्र्तजातिय बिवाह भएको थियो । जिल्ला शिक्षा कार्यालय पाल्पामा प्राबिधिक पदमा कार्यरत दिपेन्द्र विनुका माईतीले प्रहरीमा निवेदन दिएको दिन गएको मंगलबार देखि फरार छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको र फरार दिपेन्द्रको खोजी तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । विनु प्रकरणलाई लिएर हेक्लाङ्ग गाविसका सम्पुर्ण कार्यालय, बिधालय, तथा संघ सस्थाहरु शुक्रबार देखि नै बन्द गरिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %