छिमेक लघुबित्त विकास बैंक लिमिटेड १५औं वर्षमा प्रवेश !

Read Time:1 Minute, 44 Second

ओम जी.मगर

पोखरा, मंसिर ११ – छिमेक लघुबित्त विकास बैंक लिमिटेड १५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा विभिन्न शाखाले विभिन्न सामाजिक कार्यक्रम तथा चेतनामुलक कार्य सम्पन्न गरेको छ ।

यसै विच कास्की जिल्ला अन्र्तगत पोखरा ८ सिमलचौरमा रहेको शाखा कार्यलय पोखराले विभिन्न ग्रामिण भेगमा रहेको विपन्न तथा गरिब बालबालिकाहरुलाई शैक्षिक सामाग्रीे वितरण गर्नुका साथै चियापान कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।

सोही कार्यक्रममा कार्यालयले आफ्ना सदस्य तथा अभिभावकहरुसँग अन्तरक्रियात्मक कार्याक्रमको पनि आयोजना गरेको छ । शाखाका अनुगमन प्रमुख प्रेम कुमार नायाजु र प्रवन्धक जिवन लामिछानेले संयुक्त रुपमा शैक्षिक सामाग्रीे वितरण गर्नुभएको थियो ।

नेपाल अधिराज्य भर करिब ६१ जिल्लामा शाखा कार्यलय रहेको र लघुवित्तको माध्यमबाट गरिब, भुमिहिन, सम्पति विहिन परिवार एवं ग्रामिण विपन्न महिलाहरुको सामाजिक तथा आर्थिक अबस्थामा सुधार ल्याउनु नै बैंकको उदेश्य रहेको शाखाका प्रवन्धक जिवन लामिछानेले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %