गोविन्द घर्ती
देवदह, मंसीर ११ – संविधानले तोकेको समयमा निर्वाचन नभए देशमा राजनैतिक संकट आउने नेपाली काग्रेसका केन्द्रिय कृष्णप्रसाद सिटौलाले बताउनु भएको छ ।
उहाले जारी संविधानलाई कार्यान्वयन गर्न समेत देशमा ३ तहको निर्वाचन अपरिहार्य रहेको बताउनु भयो । नेपाली काग्रेस क्षेत्र नं १ रुपन्देहीले देवदह पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । नेपाली काग्रेसका पुर्व महामन्त्री तथा सांसद समेत रहनु भएका नेता सिटौलाले राजनैतिक सहमति भए अझै पनि तोकिएको समयमा निर्वाचन गराउन सकिनेमा जोड दिनु भयो । नेता सिटौलाले राजनैतिक सहमतिमा संविधानमा ७ प्रदेशको सिमाकन गरेको भन्दै ५ नम्वर प्रदेश टुक्राउने विषयमा नेपाली काग्रेस भित्र कुनै विषय नउठेको समेत स्पष्ट पार्नु भयो ।
उहाले दीगो शान्ति स्थापना र लोकतन्त्रलाई संस्थागत गर्न जारी संविधान कार्यान्वयन गर्न जरुरी रहेको बताउदै नेपाली काग्रेसले अहिले आफनो ध्यान त्यता तिर केन्द्रित गरेको बताउनु भयो । उहाले मुलुकको विकासको लागि नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेपाली काग्रेस सरकारमा सहभागि भएको स्पष्ट पार्नु भयो ।
नेता सिटौलाले ५ नम्वर प्रदेश विभाजन र संविधान शंसोधनको कुरामा संविधान सभामा दर्ता भएपछि मात्र नेपाली काग्रेसले संस्थागत निर्णय गर्ने बताउनु भयो । उहाले सघीय संरचनाको आधारमा राज्य पुनः संरचना नेपालीको हकमा अनुभव नभएकोले संघीय संचनामा जादा चुनौती पूर्ण रहेको समेत बताउनु भयो । नेता सिटौलाले लोकतन्त्र माथि प्रहार गर्दा राजतन्त्र अन्त्य भएको प्रसंग कोट्यादै देशको दीगो विकासको लागि राजनैतिक दलहरुले समय अनुकुल विचार परिवर्तन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
क्षेत्रीय सभापति हिराबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमममा गुणखर भूर्तेल, नेत्रप्रसाद रिजाल, मणिप्रसाद शर्मा, शंकर गिरी, निर्मल ढुंगाना, शक्तिप्रसन्न गिरी, सरस्वती वस्याल, यमलाल भट्टराई, गणेश डुम्रे लगायतले बोल्दै संविधान शंसोधन, ५ नम्वर प्रदेश सिमाकनको वारेमा नेपाली काग्रेसको स्पष्ट धारणा आउनु पर्नेमा जोड दिएका थिए ।
क्षेत्रीय सदस्य लक्षु न्यौपानेको स्वागत र क्षेत्रीय सचिव बैजनाथ साहनीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
