श्रीमती बिनु मगर बेपत्ता पारी फरार दिपेन्द्र अर्की मगर्नी लिएर हिडे !

Read Time:7 Minute, 40 Second

देब पचभैया

पाल्पा, मंसिर ९ – श्रीमती बिनु थापा मगर लाई बेपत्ता पारी फरार भएका दिपेन्द्र बस्यालले अर्के मगर्नी लिएर हिडेको रहस्य खुलेको छ ।

तॉहु ७ फुरुङ्गदी पाल्पाका २७ बर्षिय दिपेन्द्र बस्यालले ४ बर्ष पहिले बिहे गरेकी हेक्लाङ्ग ६ पाल्पाकी २४ बर्षिया बिनु झण्डै ढेड महिना देखि बेपत्ता हुनुहुन्छ । छोरी हराएको महिनौ दिन भएको र खोजिगरिदिन विनुका बावु नर बहादुरले प्रहरीमा उजुरी दिएकै दिन दिपेन्द्र गएको सोमवार देखि फरार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएका छ ।

आफु दिपेन्द्र संग गोरखपुर रहेको र दईचार दिन भारत घुमेर घर फर्किने  भनी सोमै मगर थरकी अर्का युवतीले घरमा बुवालाई खवर गरेको जानकारी आएको प्रहरी स्रोतको भनाई छ । ति युवतीले नक्कली विनु वनेर काठमाण्डौमा बस्ने विनुका भाउजुलाई फोन गरेकी थिईन् । “म विनु बोलेको, अहिले मैले बैङलोरमा पढेकी छु, भनेकी ति युवतीलाई बिनुका भाउजुले यो आवाज बिनुको हैन भनेपछि उनले फोन काटेकी थिईन् ।

२०६९ भाद्र १५ गते विनु संग अन्तरजातिय बिहे गरेका दिपेन्द्र जिल्ला शिक्षा कार्यालय पाल्पामाप्राबिधिक पदमा कार्यरत हुन् । उनीहरुको बिहेलाई केटाको परिवारले अस्वीकार गरेपनि बिनुका माईतीले भने भोजभतेर गरेरै मगरी परम्पराअनुसार ढोगबेद दिएका थिए ।

बिहे हुनु अघि नै बिनु दिपेन्द्र संगै तानसेनमै बस्दै आएका थिए । वि, एस,सि अध्ययनरत विनु र दिपेन्द्र विच २०६६ साल तिर प्रेम सम्बन्ध रहेको आफन्तको भनाई छ । दसैको दिन छोरी संग अन्तिम पटक कुरा भएको विनुका बुवा नर बहादुरले जानकारी दिनुभयो ।

त्यसपछि उनको फोन आएन, नरवहादुरले भन्नुभयो छोरीको फोन उठाएर ज्वाई दिपेन्द्रले पर छिन,  एक छिन पछि गर्नु , कहिले बुटवल छिन् भन्ने र पछि स्कोलरसिपमा भारतको बैङ्गलोर पढ्न पठाएको जानकारी दिनुभयो ।

विहे पछि नै खटपट

माईतीका अनुसार दिपेन्द्रको परिवारले विनुलाई अस्वीकार गरेदेखि उनीहरुमा खटपट शुरु भयो । १५ लाख दिन्छु अन्तै विहे गर भन्दै दिपेन्द्रका वावु आमाले विनुलाई पहिले देखिनै धम्की दिदै आएका थिए ।

आफुलाई जुन सुकै बेला मार्न सक्छन् भन्दै दिदिले बिहेको प्रमाण स्वरुप दुई जना संगै खिचेको फोटो र बिवाह दर्ताको सिफारिसमा लेखिएको कागज पत्र आफुलाई सुरक्षित राख्न दिएको विनु संगै तानसेनमा बस्ने भाई भद्र सिंग सिजालीको भनाई छ ।

दुवैको मन्जुरीमा जिल्ला प्रशासन कार्यालयमा हुनुपर्ने बिहे दर्ता,  दिपेन्द्रले नक्कली बनाएर विनुलाई दिएको माईतीले बताए । सिफारिसमा विनोद कार्की  कानुन अधिकृत भन्दै केटा र केटीको हस्ताक्षर गरिएको छ । तर अधिबक्ता कार्कीभने आफुलाई यस बिषयमा कुनै जानकारी नभएको प्रतिकृया दिनुभयो । बिवाह दर्ता र नागरिकता बनाउन विनुले दिपेन्द्रलाई दवाव दिएपछि उनीहरुले त्यसो गरेको अर्का भाई डिवि थापाको अनुमान छ ।

गाउकै मास्टरका छोराले विनुलाई बिहे गरेपछि सबैतिर खुशियाली थियो,  विनुका छिमेकी मन बहादुर सारुले भन्नुभयो कक्षामा बिधार्थी पढाउदा अन्र्तजातिय बिवाहले समाज बलियो बनाउछ भन्ने हेडसरले आफ्नै छोराले अन्र्तजातिय बिहे गर्दा पचाउन सक्नुभएन । दिपेन्द्रका वुवा लक्ष्मण बस्याल  जनप्रिय मावि हेक्लाङका प्रअ र आमा पनि शिक्षिका हुनुहुन्छ ।

हत्याको आसंका

विनुका आफन्तले उनको हत्या भएको हुन सक्ने शंका गरेका छन् । दिन दिनै माईतीमा फोन गर्ने विनुले दशै पछि फोन गर्न छोड्नु, उनको मोबाईल सधै दिपेन्द्रले उठाएर झुट बोलिरहनुले पनि शंका गर्ने आधार धेरै रहेको आफन्तको भनाई छ । बिनु माईतीको सम्पर्कमा नरहेदेखि उनले चलाउने भन्दा फरक फेशबुक आईडि बनाएर दिपेन्द्रले घटनालाई लुकाउन बैङलोर पढ्न गएको झुटो विवरण राखेको विनुका साथीहरुले जनाएका छन् ।

गत कार्तिक ४ गते पाल्पाकै हुंगी असर्दी स्थित कालीनदीमा भेटिएको बेवारिसे लाश विनुको हुन सक्ने आफन्तले बताएपनि पुष्टी हुन नसकेको प्रहरीको भनाई छ । उजुरी आएदेखि नै अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख,  प्रहरी उपरिक्षक हरी राज वाग्लेले जानकारी दिनुभयो ।

घटनाको सर्बत्र विरोध 
श्रीमती बिनु मगर बेपत्ता पारी फरार दिपेन्द्र अर्की मगर्नी लिएर हिडे ! बिनुका बिषयमा निश्पक्ष्य छानविन गरी घटनाको बारेमा यर्थाथ जानकारी दिन माग गर्दै विभिन्न संघ सस्थाहरुले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल मगर संघ, मगर संघका भातृसस्थाहरु महिला मगर संघ, मगर बिधार्थी संघ, मगर पत्रकार संघ, भुपु सैनिक प्रहरी संघ, आदिवासी जनजाति महासंघ लगाएतका सस्थाहरुले पाल्पाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई भेटेर घटनाको बारेमा छिटो अनुसन्धान गरी दोशीलाई कारवाही गर्न माग गरेका छन् ।

विनु घटनाको बिषयमा आपत्ति जनाउदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन पाल्पाले पनि प्रेस बिज्ञप्ती मार्फत घटनाका बिषयमा निश्पक्ष्य छानविन दोसीलाई कारबाही गर्न माग गरेको छ ।

सम्बन्धित समाचार 

 बाहुन संग बिहे गरेकी बिनु मगर ढेड महिना देखि बेपत्ता (भिडियो सहित )


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %