सञ्जय सिंजाली मगर
काठमाण्डौ, मंसिर ४ — आज मिति २०७३ साल मंसिर ४ गते शनिबारका दिन नेपाल मगर संघ केन्द्रिय समितिको पदाधिकारी र सदस्य तथा भातृसंस्थाहरुको उपस्थितिमा आपतकालीन बैठक संघका अध्यक्ष नबिन रोका मगरको अध्यक्ष्ँतामा केन्द्रिय कार्यलय कंलकीमा बस्यो । बैठकमा निम्न लेखित र्शीषकमा छलफल तथा निर्णय समेत गर्र्यो ।

जीवन र जोया घटनाको सम्बन्धमा यस नेपाल मगर संघ केन्द्रिय समिति द्धारा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा मगर संघले प्रेस विज्ञाप्ती जारी गरि सकेको छ । र देश निकाला गरिएकी जोया र नाबालक बच्चा समेत नेपाल फर्कि नेपालको कानुन अनुसार बिवाह दर्ता प्रकृयाको सर्दभमा चितवन स्थित सम्बन्धीत कार्यलयमा पुगेका थिए ।
त्याहाको प्रसासन द्धारा जीवन, आमा, पत्रकार महेश राना मगर र कामे मगरलाई गिरफ्तार गरेपछि जीवन र जोया लाई रिहा गरे पनि महेश राना मगर र कामे मगरलाई रिहा गरेन । आर्दशनारी गृह समेतको मिलोमतोमा अनआवश्यक झुटा मुद्दा लगाई थुनामा राखी बिधुतिय कारोबार ऐन अन्र्तगत मुद्दा चलाउने भनि चितवन बाट काठमाण्डौ चलान गरिएको भन्ने बुझिएको छ । मगर संघले सो सम्बन्धमा जोया जीवन र महेश राना,कामे मगरलाई भेटी आवश्यक छलफल गरि तथ्य सत्य बुझ्ने र झुट्टा मुद्दा लगाई गैर कानुनी रुपमा थुनामा राखिएको महेश राना र कामे मगरलाई बिना शर्त तत्काल रिहा गर्न सम्बन्धीत निकायमा पहल गर्ने मगर संघको आजको बैठकले जनाएको छ ।
शक्तिको आडमा नेपाली नाबालकहरुलाई देशनिकाला गर्नेको पहिचान गरि निजलाई कडा भन्दा कडा कानुनी कारवाही गर्न नेपाल सरकार संग नेपाल मगर संघले आग्रह गर्ने र आवश्यक परे नेपाल मगर संघको नामबाट प्रेसबिज्ञाप्ती समेत निकाल्ने निर्णय गर्र्याे ।
