सोंपाल तमु समाज,पोखराको २७ औं साधारणसभा सम्पन्न !

Read Time:2 Minute, 58 Second

ओम जी मगर
 
पोखरा, मंसिर २ – स्याङ्जा जिल्लाको प्रर्यटकीय स्थान दरै, शिरुबारी, म्हाजु बेझाङ लगायत आसपासका विभिन्न ठाँउबाट पोखरा आएका तमुहरुको साझा संस्था श्री सोपाल तमु समाजले विहिवार आफ्नो २७औं साधारणसभा सम्पन्न गरेको छ ।

साधारणसभाको द्धिप प्रज्वलन गरी उद्घाटन गर्दै प्रमुख अतिथि तुम धिं नेपालका अध्यक्ष कर्मा गुरुङले सम्पुर्ण तमुहरु एक जुट भै आफ्ना हक, अधिकारको लागि अगाडि बढ्नु पर्ने आजको आवश्यक्ता भएको बताउनु भएको थियो ।

त्यस्तै विशेष अतिथि पुनरावेदन अदालत पोखराका न्यायधिश सत्यराज गुरुङले सम्पुर्ण सोपाल तमु समाजहरुलाई एकजुट भै अगाडी बढ्न सन्देश दिदै पर्यटकिय सम्भावना वोकेको आफ्नो गाउँ ठाउँलाइ प्रचार प्रसार गर्नु पर्नेमा जोड दिनु भएको भयो ।

साधारणसभामा आफ्नो मौलिक पहिचान तथा संस्कार, संस्कृती, परम्परा, भाषा, भेषभुषाको लागि एक जुट भै आफ्ना जातिको पहिचान संरक्षण गर्दै सोंपाल तमु समाज,पोखराको भावी २१ बुदे योजनाहरु प्रस्तुत गरि छलफल गरिएको थियो ।

मेजर लक्ष्मीप्रसाद गुरुङको अध्यक्षता सम्पन्न भएको साधारण सभामा सचिव इन्द्र गुरुङ र कोषाध्यक्ष सावित्री गुरुङले प्रस्तुत गरेको प्रतिवेदनलाई पारित गर्दै सम्पन्न भएको कार्यक्रममा समाजका लागी सहयोग गर्ने सहयोगी दाताहरु र उहाँका परिवारलाई प्रमुख अतिथि र विशेष अतिथि गुरुङले सम्मान पत्र र खाँदा लगाएर सम्मान गर्नुभएको थियो । त्यस्तै विभिन्न अक्षयकोष दाता, खेलाडीहरु, विद्यार्थीहरु, विभिन्न सामाजिक संघ संस्थाहरुमा सेवा पुर्याउने महानुभावहरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा समाजका अध्यक्षले कार्यक्रम सफल बनाउन हरेक क्षेत्रबाट सहयोग गर्नु हुने सम्पूर्ण उपस्थित महानुभावहरुलाई धन्यवाद दिदै सम्पन्न भएको उक्त कार्यक्रमको संचालन समाजका सचिव इन्द्र प्रसाद गुरुङले र स्वागत मन्तव्य समाजका उपाध्यक्ष मोति प्रसाद गुरुङले व्यक्त गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %