विराटनगर, १४ चैत
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले दुई अथवा तीन तिहाई बहुमतको आडमा संविधान निर्माण भएमा यसबाट देशमा मुठभेठ निम्त्याउने बताएकाछन् ।
उनले संविधान निर्माण अगाडि लडाकूलाई निशस्त्र, माओवादी नागरिक पार्टीमा रूपान्तरण भई सहमति र सहकार्यमा संविधान ल्याउनु पर्ने बताए ।
अध्यक्ष गच्छदारले टेलिभिजन पत्रकार समूह विराटनगरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा जेठ १४ गतेसम्ममा शान्तिप्रक्रिया र लोकतान्त्रिक संविधान निर्माणका लागि संयुक्त मधेसी मोर्चाले सदन र सडकमा व्यापक दबाब दिने जानकारी दिए ।
उनले आफ्नो भारतको भ्रमणको चर्चा गर्दै राजनीतिक छलफल एवम् नेपालको लोकतन्त्र, शान्ति र संविधान र प्रजातन्त्रको स्थायित्वमा भारतको सहयोग रहेको बताए ।