चरङ्गेलाई हराउदै भलुहीले उपाधी जित्न सफल !

Read Time:1 Minute, 27 Second

 

गोविन्द घर्ती

देवदह, मंसीर १ –  रुपन्देहीको देवदहमा संचालित वडा स्तरीय भलिवलको उपाधी भलुहीले जित्न सफल भएको छ ।

फाईनल खेलमा चरङ्गेलाई ३–३ को सेटमा हराउदै भलुहीले उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा भलुहीले २५–१९, २५–१०, १५–१० ३ सेट जित्न सफल भएको थियो भने, चरङ्गेले २५–२२, २५–२३ मा २ सेट जितेको हो । चरङ्गेले सेमिफाईनलमा नेपाल मगर संघ शिलतनगरलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । त्यसैगरी भलुहीले आधीखोला खैरेनीलाई हराउदै फाईनलमा प्रवेश गरेको हो ।

जित संगै भलुहीले ७ हजार ५ सय र उपविजेता चरङ्गेले ५ हजार हात पारेको छ । स्वतन्त्र भुतपुर्वक सैनिक कल्याणकारी परिवार देवदहले आफनो चौथो साधारणसभाको अवसरमा वडा स्तरीय भलिवलको आयोजना गरेको हो । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

विजेता टिमलाई परिवारको वार्षिक साधारणसभाको दिन पुस्कार वितरण गरिने अध्यक्ष कोषबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %