देव पचभैया
पाल्पा, कार्तिक ३० – जिल्ला कृषि बिकास कार्यालय पाल्पाको स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटका बिषयमा छलफल एबं अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयको सभाहलमा सोमबार भएको कार्यक्रममा जिल्लाका राजनैतिक दल, पत्रकार, सरकारी कार्यालयका प्रमुख लगाएतको सहभागीता थियो । आर्थिक बर्ष २०७३ / ०७४ का लागी स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटका बारेमा बरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभएको थियो ।
निमित्त स्थानिय बिकास अधिकारी निर्मल कुमार प्याकुरेलको अध्ययक्षतामा सम्पन्न भएको कार्यक्रममा पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी धु्रब वहादुर कुवरले गाउ शहर सबै क्षेत्र र स्थानका कृषकलाई समेट्ने गरी कृषि कार्यालयले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
