बेलायतमा बसोबास गरेका जनजातिहरूले गोरखामा बिध्यालय बनार्इ दिए !

Read Time:2 Minute, 1 Second

सञ्जय सिङ्जाली मगर
गोरखा, २८ कात्तिक – गोरखाको सिमजुङ गाविस ८ स्थित देवीस्थान प्राविको भवन पुनर्निर्माण गरिएको छ । २०७२ साल बैसाख १२ गते आएको बिनारकारी महाभूकम्पले बिध्यालयलार्इ छतबिछत बनाएको थियो ।

नेपाल आदिवासी जनजाति महिला महासंघ यूके, नेपाल आदिवासी जनजाति महासंघ यूकेको सहयोगमा ४ लाख ५० हजार रुपैयाँको सहयोगमा पुनर्निर्माण सम्पन्न भएको हो ।

पुनर्निर्माण गरिएको भवन हालै एक कार्यक्रमबीच महिला महासंघ यूकेका अध्यक्ष कमला थापा, नेपाल मगर संघका पूर्वअध्यक्ष यमबहादुर बढाथोकी मगर लगायतले सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।

भवन उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर रानामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहयोगका लागि धन्यवाद समेत दिनुभएको थियो ।

कार्यक्रममा महिला महासंघका अध्यक्ष कमला थापा मगर, मगर संघका पूर्वअध्यक्ष यामबहादुर बुढाथोकी मगर, नेफिन गोरखाका अध्यक्ष विष्णु रानामगर लगायतका वक्ताहरुले बोल्नुभएको थियो । साथै नेपाल आदिबासी जनजाति महसँघ तनहुका सल्लाहकार हस्त बहादुर थापा मगर र अन्य राजनैतिक दलका नेताहरूले पनि बोलेका थिए ।

बिधालय सञ्चालक समितीका अध्यक्ष मनबाहादुर राना मगरको सभापतित्वमा , कमला थापा मगरको प्रमुख आतित्यथातामा र प्रधापक धनकुमारीको सञ्चानमा कार्यक्रम समपन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %