जनमुक्ति पार्टीका सन्तवरि लामा पत्रकारिता पुरस्कारबाट सम्मानित !

Read Time:3 Minute, 0 Second

सञ्जय सिङ्जाली मगर

धनकुटा, कार्तीक २८ – राष्ट्रियजनमुक्ति पार्टीका संघीय परिष सदस्य तथा धनकुटा बाट प्रकाशित हुने घनकुटा ब्लाष्टका सम्पादक सन्तवीर लामा क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनु भएको छ ।

धनकुटाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका ‘ जनविश्वास ’ ले आफ्नो २५औ बार्षिक उत्सव तथा रजत बर्ष धनकुटा—८, साङताङमा २३ कार्तीक २०७३ मङ्गलबारका दिन सम्पन्न गरेको छ । धनकुटा नगरपालिकाको दुर्गमा विकास निर्माणलगायत सार्वजनिक सरोकारका  बिषयमा सञ्चार क्षेत्रबाट दबाव पुर्याउने उद्देश्यले आयोजना गरिएको रजत बर्ष तथा २५औ बार्षिक उत्सवको अवसरमा ब्लाष्टकर्मी सन्तवरि लामालाई यो बर्षको क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

धनकुटमा रहेर विगत लामो समयदेखि छापा र रेडियो पत्रकारिताको माध्यमबाट धनकुटेली समाजमा पुर्याएको योगदानको उच्च कदर गर्दै ‘ जनविश्वास क्रियाशील पत्रकारिता पुरस्कार—०७३ ’ बाट ब्लाष्टकर्मी लामा पुरस्कृत एवम् सम्मानित हुनु भएको हो । लामालाई कार्यक्रमका बिशिष्ट अतिथि रेडियो नेपाल धनकुट क्षेत्रिय प्रसारण केन्द्रको प्रमुख प्रेमप्रसाद भट्टराई र जनविश्वास प्रकाशन समूहको अध्यक्ष सञ्जयसन्तोषी राईले संयूक्त रुपमा नगद ५ हजार ५५ सहित सम्मान गर्नु भएको थियो ।

सो अवसरमा समूहका सल्लाहकारद्धय टङ्कबहादु राई र गोपाल अधिकारी, कानूनी सल्लाहकार आन्नदसन्तोषी राई, रेडियो नेपालका क्षेत्रिय प्रमुख भट्टराई, भरिगाँका कृषक चन्द्रलाल तामाङ, गायीका लक्ष्मी नेपाली, गायक रमेश साङपाङ, देउराली प्रावि विधालय व्यवस्थापन समितिका सदस्य कोजिन आठपहरिया, किरात आठपहरिया समाजका संस्थापक अध्यक्ष अष्टबहादुर आठपहरियालाई समेत सम्मान गरिएको छ ।

ब्लाष्टकर्मी लामा धनकुटा जिल्लाको आदिबासी जनजाति महासंघ फोनीजको ३ कार्यकाल अध्यक्ष भर्इ सफल पत्रकार भनेर चिनिने हाल उहाँ पत्रकार माहासंघ घनकुटाका बर्तमान अध्यक्ष हुनुहुन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %