पल्लवी बचत तथा ऋण सहकारी संस्थाको पाचौ बार्षिक साधारणसभा उद्घाटन सम्पन्न !

Read Time:3 Minute, 5 Second

 

गोविन्द घर्ती

देवदह, कार्तिक २७ – सहकारी मन्त्रालयले सहकारीको पक्षमा काम गर्न नसकेको राष्ट्रिय सहकारी संघका केन्द्रिय उपाध्यक्ष ओमदेवी मल्लले बताउनु भएको छ ।

उहाले संघर्षपूर्ण रुपमा ल्याएको सहकारी ऐन मन्त्रालयले कार्यान्वयन गर्न नसकेको बताउनु भयो । सांसद समेत रहनु भएको उपाध्यक्ष मल्लले नीजि क्षेत्र र बैकरहरुको दवावका कारण सहकारी आन्दोलनलाई खुम्चाउने खोजीको आरोप लगाउनु भयो ।

पल्लवी बचत तथा ऋण सहकारी संस्था देवदहको पाचौ बार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । उहाले सहकारीहरुले कृषि उत्पादनमा लगानी गरे आत्मनिर्भर बन्न सक्नेमा जोड दिनु भयो । सासंद मल्लले उत्कृष्ट सहकारी निर्माण गर्न सहकारीकर्मीहरु लाग्नु पर्ने बताउदै सहकारीहरुलाई लगाउदै आएको सहकारी कर हटाउन आफु लागिपरेको दावी गर्नु भयो ।

पल्लवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बचत तथा ऋण सहकारी संघ रुपन्देहीा संचालक खेमराज पाण्डे, नेपाली काग्रेस देवदह नगर समितिका सभापति गुणखर भूर्तेल, नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष विदालक्ष्मी गुरुङ्ग, देवदह साना किसान कृषि सहकारीका व्यवस्थापक सरला सुवेदी, देवदह आर्दश बहुमुखी क्याम्पसका अध्यक्ष जीवलाल पराजुली, कोलिस साकोसका अध्यक्ष सुवकान्त न्यौपाने, देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा लगायतले बोल्दै आर्थिक विकासले मात्र समाज र राष्ट्रको विकास हुने भएकाले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा प्रवेशीका परिक्षामा उत्कृष्ट अंक ल्याएका विद्यार्थी, असल ऋणि, असल बचत कर्ता, जेष्ठ नागरिक, पुर्व संचालकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष खुमप्रसाद भण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष गोविन्द तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संचालक समिति सदस्य कृष्णप्रसाद गैरेको स्वागत र सचिव भिमप्रसाद न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %