पाल्पालाई १० स्थानिय तहमा बाडियो !

Read Time:9 Minute, 44 Second

देव पचभैया

पाल्पा, कार्तिक २१ – दुई नगरपालीका र ६० गाबिस रहेको पाल्पा जिल्ला अव १० स्थानिय तहमा बाडिएको छ ।

यस अघि तानसेन नगरपालीका र ६५ गाविस थियो । दुई बर्ष अघि मात्रै  रामपुर, गाडाकोट, दर्छा, खालीवन र गेझा गाबिस मिलेर रामपुर नगरपालीका बनेको हो । अव तानसेन र रामपुर नगरपालीका कायमै रहने छ भने बाकी ८ गाउपालिका बन्ने छ । 

स्थानिय तह पुनसंरचना प्राबिधिक सहयोग समिति , जिल्लाका राजनैतिक दल, सांसद, पुर्ब सांसद लगाएतका  बिचमा  भएको छलफल पछि जिल्लाको पुर्नसंरचना गरिएको हो । पछिल्लो सहमतिमा तानसेन नगरपालीकामा अर्गली र बरांदी गाबिसको ५ वटा वडाहरु २,३,४, ५ र ६ वडा थपिएका छन् । यस अघि नै भएको सहमति अनुसार मदनपोखरा, बन्दीपोखरा, तेल्घा, बौघागुम्हा र बौघापोखराथोक अव तानसेन नगरपालीकामा समाबेश हुने छ ।

जिल्लाको पुर्नसंरचनामा तह नम्बर  १ मा  बाकामलाङ्ग , सहलकोट , झिरुवास, मित्याल, गल्धा, अर्चले, ज्यामिरे गरी ७ गाबिस मिलेर मगरात गाउ पालीका बन्ने भएको छ । रुकसिङ्गमा केन्द्र रहने गरी निर्माण गरिएको तह १ भित्र पर्ने गाविसहरुले नया नडा नम्बर पाएका छन् । अव बाकामलाङ्ग वडा नम्बर १, सहलकोट वडा नम्बर २, झिरुवास ३, मित्याल ४, गल्धा ५, अर्चले ६ र ज्यामिरे गाविस वडा नम्बर ७ रहने छ । पुर्नसंरचनामा हरेक गाविसलाई वडामा बिभाजन गरिएको छ ।

३ दिन सम्म बसेको सर्बपक्षिय बैठकले तह नम्बर २ मा रामपुर नगरपालीका लाई यथावत राखेको छ । रामपुर नगरपालीकामा गाडाकोट, दर्छा, खालीवन र गेझा गाविस रहेका छन् ।
तह ३  मा सिलुवा, जल्पा, रिग्नेरह, बिरकोट, देबीनगर र हेक्लांगको १ देखि ८ वडा मिसाएर पुर्वखोला गाउ पालिका निर्माण गरिएको छ । रिग्नेरहमा केन्द्र हुने गरि निर्माण भएका तह ३ का गाविसहरु मध्ये सिलुवा वडा नम्बर १, जल्पा २, रिग्नेरह ३, देबीनगर ४, विरकोट ५ र हेक्लांग वडा नम्बर ६ भएको छ ।

तह ४ मा हुगि, हेक्लांग ९, फोक्सिङकोट, ताहु, पिललडाडा र हुमिन गाविस  मिलाएर  रम्भापानी गाउ पालीका बनाईएको छ । ताहु वा खोकखोला मध्ये एक ठाउलाई केन्द्र बनाउने सहमति भएको छ । तह ४ भित्र पर्ने गाबिसहरुमा हुगि र हेक्लांग ९ लाई वडा नम्बर १, फोक्सिंगकोट २, पिपलडाडा ३ , हुमिन ४ र ताहु लाई वडा नम्बर ५ बनाईएको छ । तह ५ मा चिदिपानी, रुप्से, कसेनी, झडेवा, गोठाडी, रहबास र बहादुर पुर गाविस मिलाएर माथागढी गाउपालिका बन्ने भएको छ । यसको केन्द्र रुप्से वा झडेवामा राख्ने सहमति भएको छ ।

तह ५ का गाबिसहरुमा चिदिपानी १, रुप्से २, कसेनी ३, झडेवा ४, गोठादी  वडा नम्बर ५,६,८,९ र कसेनीको ४ र ८ वडा जोडेर  वडा नम्बर ५ बनाईएको छ । तह ६ मा  कचल, दोभान, मस्याम र कोलडाडा लाई जोडेर तिनाउ गाउपालिका निर्माण भएको छ । दोभान केन्द्र रहने गरी निर्माण गरिएको तह ६ का गाविसहरुमा कचल १, दोभान ३,६,७,९ वडा लाई नया २ वडा बनाईएको छ भने दोभानकै १,२,४ र ५ लाई ३ वडामा गाभिएको छ ।

कोलडाडाको पुरानो १,२,३ र ४ वडालाई नया ४ वडा बनाईएको छ ।
कोलडाडाकै पुरानो वडा नम्बर ५, ६, ७, ८ र ९ र मस्यामको पुरानो ४ नम्बर वडा लाई मिलाएर नया ५ नम्बर वार्ड बनाईएको छ । मस्यामको पुरानो १,२,३,५,६,७,८ र ९ वडा र दोभानको ८ वडा मिलाएर नया ६ नम्बर वडा बनाइएको छ ।

तह ७ मा  खानीगाउ, यम्घा, दर्लमडाडा, खानीछाप, नायरनमतलेश, पोखराथोक, चिर्तुगधारा , चाप्पानी र बरांदीका वडा नम्बर १,७,८ र ९ वडा मिलाएर बगनासकाली गाउपालीका निर्माण गरिएको छ । यसको केन्द्र चिलाङदीमा रहने छ ।

चिर्तुगधारा  १, पोखराथोक २, नायरनमतलेश ३, खानीछाप ४, दर्लमडाडा ५, यम्घा ६, खानीगाउ ७, बराङ्दी ८, चाप्पानी ९ नया वार्ड बनेका छन् ।
तह ८ मा तानसेन नगरपालीका रहेको छ । तानसेनमा मदनपोखरा, तेल्घा, बौघागुम्हा, बौघापोखराथोक, अर्गली, बन्दीपोखरा, बरांदीको वडा नम्बर २,३,४,५ र ६ वडा  रहनेछन् । 

पुरानो तानपा–१० र बराङदी वडा नं. २ र ६ तानपाको एक नम्बर वार्ड बनेको छ । पुरानो तानपा १, २ र १५ मिसिएर नया  वडा नम्बर २ बनेको छ । तानपा–५, ६ र ८ लाई नया ३ नम्बर वार्ड बनाइएको छ । तानसेनको पुरानो ४ नम्बर वडालाई यथावत राखिएको छ । पुरानो तानपाको ७, १२, १३ र बराङ्दी गाविसको ३, ४ र ५ वडालाई मिलाएर तानपा वडा नम्बर ५ बनेको छ ।

तानसेनको वडा नम्बर ३ र ९ लाई मिलेर नया वडा नम्बर ६ भएको छ । पुरानो तानपा ११ र १४ वडालाई नया ७ वडा बनाइएको छ । मदनपोखराको २,३,४,५ र ९ वडालाई तानपा ८ बनाइएको छ । मदनपोखराकै १,६,७ र ८ वडालाई तानपा ९ बनाइएको छ । तेल्घालाई तानसेन १०, बन्दीपोखरालाई ११, बौघापोखराथोकलाई १२, बौघागुम्हालाई १३ र अर्गलीलाई तानपा १४ वडा बनाइएको छ ।

तह ९ मा ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, ठिमुरे, पालुगमैनादी र फेक गाविस मिलेर रिब्दीकोट गाउपालीका बन्ने भएको छ । कुसुमखोला वा खस्यौली मध्ये एक ठाउमा यसको केन्द्र रहने छ ।
 
नया वडा अनुसार ख्याहा १, देउराली २ , खस्यौली ३, भैरवस्थान ४, कुसुमखोला ५, ठिमुरे ६, पालुगमैनादी ७ र फेक ८ वडा बनेका छन् ।

तह १० मा सिद्धेश्वर , सोमादी, भुवनपोखरी, छहरा, मुझुंग जुठापौवा, बल्ढेङगढी र सत्यवति गाबिस मिलाएर नया गाउपालीका निर्माण भएको छ । यसको केन्द्र छहरा रहने छ भने गाउं पालिकाको नाम छहरा वा रैनादेवी मध्ये एक राख्ने सहमति भएको छ ।

तह १० मा पर्ने सिद्धेश्वर वडा नम्बर १, सोमादी २, भुवनपोखरी ३, छहरा ४, मुझुग ५, जुठापौवा ६, बल्ढेङगढी ७ र सत्यवति गाविस ८ वडा वडा मा रुपान्तर भएको छ ।
 
(बराङ्दीलाई टुक्रयाएकोमा बिरोध)

जिल्लाको पुर्नसंरचनामा बरांदी गाबिसको ५ वटा वडाहरु २,३,४, ५ र ६ वडाका पिपलडाडा, अर्चले, साखुम र नारनडाडालाई टुक्रयाएर तानसेन नगरपालीकामा गाभिएकोमा स्थानीयले बिरोध जनाएका छन् । सिंगो बराङ्दीलाई जता राखेपनि एकै ठाउमा राख्नुपर्ने माग गर्दै उनीहरुले आईतबार स्थानिय तह पुर्नसंरचना प्राबिधिक समितिका संयोजक एबं स्थानिय बिकास अधिकारी कृष्ण प्रसाद पाण्डे संग गुनासो गरेका छन् ।

गाविसलाई नटुक्याउन माग गर्दै जिल्लाका राजनैतिक दलका नेताहरु समक्ष पनि ध्यानआर्कषण गराएको स्थानिय दयाराज न्यौपानेले जानकारी दिनुभयो । आफुहरुको मागको सुनुवाई नभए गाविस भरीका जनताको हस्ताक्षर अभियान चलाउने र चरण बद्ध रुपमा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

स्थानिय बिकास अधिकारी पाण्डेले भने जिल्लाका राजनैतिक दलहरुकै सहमतिमा पुर्नसंरचना गरेर केन्द्रमा पठाईसकिएकाले अव आफुहरुले केन्द्रमा गुनासो आएको कुरा पठाउन मात्रै सक्ने प्रतिकृया दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %