आलेको जीवन बचाउन हङकङबासीको सहयोग !

Read Time:3 Minute, 28 Second

प्रताप राना मगर

दमौली (तनहुँ), कार्तिक १९ – हङकङमा रहेका नेपालीले मृगौला पिडित केशबहादुर आले मगरको जीवन बचाउन आर्थिक सहयोग गरेको छ ।

शुक्लागण्डकी ५ खैरेनीटार निवासी मृगौला पिडित आलेलाई हङकङबासीले आर्थिक संकलन गरी सहयोग गरेका हुन् । संकलित रकम शुक्रबार मृगौला पिडित आलेको निवासमा नै पुगेर थापाकी सासु दिदी शान्ति गुरुङ र पत्रकार राजकुमार आलेले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या हुदाँ आलेको जीवन बचाउनका लागि नेपाल मगर संघ हङकङकी अध्यक्ष चन्द्राज्योति आलेको सक्रियतामा तनहुँ घर भई हाल हङकङमा रहेका विपिन थापा, सुनिता गुरुङबाट १ लाख १३ हजार ५ र पोखरा निवासी शान्ति गुरुङको १ हजार सहयोग गरी जम्मा १ लाख १४ हजार ५ सय रुपैयाँ संकलन भएको थियो  ।

रेडियो ढोरबाहीको पेजमा पिडित आलेको बारेमा समाचार पढेपछि थापाले आफ्नै गाउँ ठाँउको साथी भाईलाई समस्या परेका बेला सक्दो सहयोग गर्नु पर्छ भन्ने भावनाले मृगौला पिडित आले बचाऔँ अभियान संचालन गरेर आर्थिक सहयोग संकलन गरेको थियो ।

नेपाल मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योति आलेले प्रवासमा रहेर पनि मृगौला पिडित आले मगरको जीवन बचाउन आर्थिक सहयोग गरेको बताउनुभयो । पिडितको आम्दानीको कुनै श्रोत छैन् । आलेले औषधी उपचारका लागि मासिक रुपमा २५ देखि ३० हजार सेवन गर्नु पर्ने चिकित्सकको बताएका छन् । आफ्नो जीवन रक्षाको लागी सहयोग गरिदिन मृगौला पिडित आलेले सबैसंग अनुरोध गर्नुभएको छ ।

यस अघि आलेको उपचारको लागी भन्दै नेपाल मगर संघ शुक्लागण्डकी नगर समितिले ८५ हजार ५ सय र आलेका एस.एल.सी र प्लस टु तहका विद्यार्थीले १ लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् । गत पुसमा भारतको नयाँ दिल्लीको एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका आलेले हाल काठमाडौँको कान्तिपुर डाइनोसिस सेन्टरमा उपचार गराउदै आएका छन् । हाल मृगौला पिडित आलेको अवस्था सामान्य देखिएता पनि बेला बेलामा उच्च रत्तचाप र मधुमेह जस्ता अन्य समस्याहरु देखिने गरेको छ ।

कतार पुगेको सात महिनामै स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गर्दा आलेको दुवै मृगौलामा समस्या देखिएको थियो । मृगौला प्रत्यारोपण गर्नु पर्ने भएपछि श्रीमती जानकी आलेले आफ्नो एउटा मृगौला दिएकी थिइन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %