इश्वर बलम्पाकी मगर
उदयपुर, कात्तिक २० – तिहारमा देउसी भैलो खेलेको रकम धेरैले पिकनीक मोज मस्तिमा सक्छन त कहीं आर्थीक अनियमीताहुने समाचार बेलाबेलामा सुनिन्छन यसरी बर्षै पिच्छी देउसी भैलोबाट उठेको रकम कहीकतै सामाजीक कामहरुपनी भएको पाइन्छ यस्तै यस्तै एउटा सामाजीक काम गरेको छ त्रियुगा नगरपालीका १ नयाँबस्तीमा रहेको संयोग युवा क्लबले ।
उत्त युवा क्लबले यस बर्ष दैउसी भैलो बाट उठेको रकमबाट दुइजना बिरामीलाइ दश दश हजारको दरले आर्थीक सहयोग गरको छ । यसरी आर्थीक सहयोग गरीने हरुमा बिगत दुई बर्षदेखी मृगौला रोगबाट पिडीत त्रियुगा नगरपालीका १ नयाँबस्तीका ४२ बर्षीय तिर्थमाया मगर र सोही वडा घलेटोलकी अर्की १८ बर्षीय बे्रन ट्युमरबाट पिडीत सुस्मीता भुजेल रहेकी छिन ।
तिर्थमाय हाल भत्तपुरको मानब अंग प्रत्यारोपन केन्द्र भत्तपुरमा उपचार गराइरहनु भएको छ भने सुस्मीता न्युरो अस्पताल काठमान्डौमा हाल बे्रन ट्युमरको अप्रेसन पस्चात उपचार गराइरहनु भएको छ ।

दुबैको आर्थीक अबस्था कमजोर त्यसमाथी जटील रोग भएकोले गर्दा क्लबले सकेको आर्थीक सहयोग गरेको संयोग युवा क्लब नयाँ बस्ती बोक्सेका अध्यक्ष्य ज्ञनेन्द्र मगरले बताउनु भयो यस्तै उहाले अन्य आर्थीक सहयोग गर्न चाहानुहुनेहरुलाइ पनी आर्थीक सहयोग गरीदिन हाग्रह गर्नुभयो ।
तिर्थमायालाइ हाल तिर्थमाया बचाउ अभियाननै सन्चलन गरी आर्थीक सहयोग संकलन अभियान गरीरहेको छ भने सुस्मीतालाइ पनी गाउलेले आर्थीक सहयोग गरेका छन ।
