सञ्जय सिंजाली मगर
काठमाण्डौ, कार्तीक १४ – राष्ट्रिय जनमुक्ति पार्टीले मकवानपुरको हेटौडामा२०७३ कार्तीक ९– ११ संघीय परिषदको दोष्रो बैठक तथा पहिलो बिस्तारीत भेलामा महत्वपूर्ण निर्ण गर्दै सम्पन्न गरेकोछ ।
२०७३ सालको अन्त्य सम्ममा बिश्व जनमुक्ति सम्मेलन कतार वा भारतको नयाँ दिल्लीमा गर्ने पार्टीका उपाध्यक्षा तथा प्रबास र्इन्चार्ज कमला थापाले भेलालार्इ जानकारी दिनु भयो, हेरौ भिडियो ।
{youtube}https://youtu.be/eBiEyHL_ak0{/youtube}
बैठक र भेलाले पारित गरेका २१ बुदे राजनीतिक तथा सांगठनिक प्रस्तावहरु कार्यान्वयनका लागी निर्देश गरेकोछ । भेलाले तिहार र छड पर्ब बिदा लगतै लिम्बुवान र मगरातका केन्द्रिय सदस्यहरु आ–आफ्नो जिल्लमा पार्टी बिस्तारका लागी खट्ने भएका छन ।
राष्ट्रिय जनमुक्ति पार्टीले संघीय परिषद सदस्य होमलाल पून मगरको संयोजकमा संघीय परिषद संस्कृति बिभाग गठन गरेकोछ । राष्ट्रिय जनमुक्ति पार्टीको बिभिन्न बिभाग मध्य संघीय परिषद संस्कृति बिभाग गठन भई पार्टीको आफ्नै गीत, सास्कृतिक टोली, बिभिन्न जातजातीका भेषभूषा,बाध्यबाधनका सामानहरु र बिभिन्न स्थानमा बिभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्ने भएकोछ ।
होमलाल पून मगर सस्कृति बिभाग प्रमुख छन भने बिभागका सदस्य सचिब ज्ञानबहादुर सलामी मगर रहेको समितिले सस्कृति बिभागलाई आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेकोछ । हेरौ होमलाल पूनले गाएको भिडियो ।
{youtube}https://youtu.be/wUBHEG97az4{/youtube}
भेलामा काङ्ग्रेस, ऐमाले, माओबादी केन्द्र र राप्रपा परित्याग गरी करीब २०० जनाले पार्टी प्रबेस गरेका थिए । बिस्तारित भेलामा पार्टी अध्यक्ष के.पी पालुङ्गाको राजनैतिक प्रतिबेदन, संगठनिक प्रतिवेदन रामबहादुर परियार , केन्द्रीय कोषाध्यक्ष डब गर्बुजा बाट आर्थीक प्रतिबेदन, केन्द्रीय सदस्य हुमबहादुर थापा मगर बाट आन्तरीक लेखा परिक्षण प्रतिबेदन,बिभीन्न राज्य परिषदका अध्यक्ष तथा सचिब र जिल्ला अध्यक्ष,सचिबहरु बाट प्रतिबेदन पेस गरिएको थियो । अध्यक्षको राजनैतिक प्रतिबेदन माथी समुहगत छलफ गरी कार्तीक १० गते समुहका नेताहरु बाट राजनैतिक प्रतिबेदन माथी टिपणी गरेका थिए ।
{youtube}https://youtu.be/tQAodmcdYb4{/youtube}
टिपणीकारहरुमा :
क) अगनी प्रसाद तुम्बाको झापा
ख) बोम दर्लामी रुपन्देही
ग) क्या. धनसिंह राना बाँके
घ) पशुराम थापा मगर
ङ) होमलाल पून मगर बाग्लुङ
च) डिके सूर्यबंशी पाल्पा
छ) उत्तम आले नवलपरासी
ज) शिव आर्चाय झापा
झ) मनिराम चौलागाई खसान क्षेत्र
ञ) एल. वि घोताने संघीय परिषद सदस्य तथा मा.स यूबामोर्चा
ट) सूर्य बहादुर थापा नवलपरासी
ठ) हरि ॐ विक रुपन्देही र
ड) नगेन्द्र रौतर थारु झापा थिए ।
मुल्याङकन तथा अनुगमन बिभागका सचिब अशोक पून मगर,संघीय महासभाका सदस्य भोज बहादुर थापा बा“के, बरिष्ठ उपाध्यक्ष यमबहादुर बुढाथोकी काठमाण्डौं र सहअध्यक्ष बुद्ध श्री लामाले पनि मन्तब्य राख्नु भएको थियो ।
{youtube}https://youtu.be/Tt7WqOabBlM{/youtube}
चीतवन जिल्लाका कोषाध्यक्ष तथा बैकल्पिक केन्द्रीय परिषद सदस्य ज्ञान बहादुर गुरुङ,झापा जिल्ला बाट पर्शुराम थापा ,राजकुमार मोक्तान जिल्ला अध्यक्ष महोत्तरी, क्या. धन बहादुर मिधुन अध्यक्ष कपिलवस्त, तिल बहादुर झेँडी अध्यक्ष नवलपरासी, यूबराज लावती मोरङ जिल्ला अध्यक्ष ,बिवेक राई सुनसरि अध्यक्ष,हेम बहादुर लिम्बु अध्यक्ष पाँचथर ,झम बहादुर गुरुङ अध्यक्ष रुपन्देही, मकवानपुरका सचिव यूनिशा लामा सिँतान , गंगा थापा बाँके जिल्ला सचिव ,तनहुँ जिल्ला समिति बाट अध्यक्ष भुवन थापा मगरले आ आफ्नो जिल्लाको गतिबीधि राख्नु भएको थियो ।
त्यस्तै लिम्बुवान राज्य परिषदका अध्यक्ष अम्मर ब.पन्दाक (लिम्बु), भुवन सिं थापा मगर मधेश राज्य परिषद अध्यक्ष ( भुवन सिं थापा नाटकार, उपन्यासकार,फिल्मीकार, कलाकार, सनफलावर बोर्डीङ स्कुलका सन्चालक र सस्थापक प्रधानघ्यापक हुनुहुन्छ । साथै ३० कट्ठा जग्गा १० बर्षको लागि भाडामा लिएको र १७ लाखा रुपैयामा लगानी गरेको, २५ प्रतिशत पार्टीलाई बुझाउने उहाले बताउनु भयो) , बालकिशोर राना मगर लुम्बिनी राज्य परिषद सचिव र मगरात राज्यपरिषदका अध्यक्ष ईन्द्र बहादुर मास्की मगरले पनि प्रगति प्रतिबेदन सहितको मन्तब्य दिनुभएको थियो ।
रमेश गजमेर संघीय परिषद सदस्य
{youtube}https://youtu.be/4YeKXXoxhRA{/youtube}
पार्टी अध्यक्ष केपी पालुंगाले कार्तीक ९ गतेका दिन समुद्धधाटन गर्नु भएको बैठक तथा भेलालाई केन्द्रीय सचिबद्धय गंगा खासु थापा र पदम जबेगुले सन्चालन गर्नु भएको थियो । बैठक तथा भेलाको अन्तिम दिनमा पत्रकारद्धवारा भेलाको जानकारी गराईएको थियो ।
फोटो र भिडियो:हुबिमगर
तलको लिङ्क थिच्नुस, पुरा फोटो हेर्नुहोस
Rajyasatta added 186 new photos to the album: राष्ट्रिय जनमुक्ति पार्टीको बिस्तारीत भेलाको (१८६) फोटोहरु:.
