विचारहरूको मञ्चद्वारा शुभकामना आदानप्रदान तथा छलफल कार्यक्रम

Read Time:2 Minute, 40 Second

रूद्र श्रीसमगर

पोखरा, कात्तिक १२ – हरेक दुई सातामा विभिन्न सरोकारका विषयमा सार्वजनिक छलफल चलाउँदै आएको विचारहरूको मञ्च, पोखराले नेपालीहरूको दोस्रो ठूलो चाड तिहार, नेपाल सम्वत् ११३७, छठ, इद एवं बाला चतुर्दशीका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार पोखरामा आयोजित ‘स्थानीय सामाजिक सरोकारमा मेरो अनुभव र भूमिका’ विषयक छलफल कार्यक्रममा बोल्दै नेपाल–भारत मैत्री संघ, पोखराका अध्यक्ष ऋषि सापकोटाले नेपालको राजनीति अस्वस्थ र प्रदूषित बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । नेपाली समाज विभाजित भएका कारण पछि परेको बताउँदै सापकोटाले सामाजिक अन्तरविरोधलाई हल गर्न सामूहिक बहसको जरुरी औंल्याउनुभयो ।

विचारहरूको मञ्चका कार्यक्रम संयोजक अधिवक्ता वीरबल घतानेले कार्यक्रममार्फत् धेरै किसिमका मानिसहरूसँग सम्पर्क विस्तारमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै सकारात्मक सोंचको विकासमा टेवा पुर्याउनु कार्यक्रमको उद्देश्य रहेको प्रष्ट्याउनु भयो । सामाजिक योगदानका लागि सबैको उत्तिकै तत्परता आवश्यक रहेको भन्दै अधिवक्ता घतानेले देउसी भैलो कार्यक्रममार्फत् विपन्न वर्ग र अपाड्डताका क्षेत्रमा केही योगदान दिने योजना रहेको सुनाउनुभयो ।
 
सो अवसरमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीस, मेरुदण्ड पक्षघात संघ नेपालका अध्यक्ष हरिकृष्ण शर्मा, अपाड्डता भएका व्यक्तिहरूद्वारा स्थापित सहकारीका अध्यक्ष फणिन्द्रप्रसाद पौडेल र विद्यार्थी अभियन्ता पूर्ण खत्रीले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो प्रयत्न गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन विमल लामिछानेले गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %