गोविन्द घर्ती
देवदह, कार्तिक १२ – नेपाल अविनास सामाजिक सेवा संस्था देवदहको १८ औं साधारणसभा देवदहको शितलनगरमा सम्पन्न भएको छ । आत्मनिर्भर एवं समतामुलक समाज निर्माण भन्ने नाराका साथ साधारणसभा सम्पन्न भएको हो ।

सो-अवसरमा बोल्ने वक्ताहरुले समतामुलक समाज निर्माण गर्न गैरसरकारी संस्थाहरु लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले समाज परिवर्तन संगै आत्मनिर्भरता तर्फ उन्मुख गराउन देवदह क्षेत्रमा संचालन भएको हरेक संघसंस्थाहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष खड्कबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, संस्थाका पुर्व अध्यक्ष सूर्य गिरी, नेकपा माओवादी केन्द्रका मोतीलाल ढकाल, नेकपा एमाले खैराज शर्मा, गाउ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह उद्योग वाणिज्य संघका मिना श्रेष्ठ, केरवानी स्वास्थ्य चौकीका बुद्धिप्रसाद ज्ञवाली, शितलनगर सेक्टर वन कार्यालयका वसन्त दहाल, महिला सञ्जालका पार्वती न्यौपाने, देवदह साप्ताहिकका त्रिलोचन दहाल, लक्ष्मी विक लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा देवदह नगरपालिका, केरवानी स्वास्थ्य चौकी, देवदह स्वास्थ्य चौकी, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष खडकबहादुर विकले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष श्याम सुनुवारले आर्थिक प्रतिवेदन र प्रशंसा भरले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सचिव माहाराजीया महतोको स्वागत र कार्यक्रम संयोजक विनोद कुमार खातीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
