संजय सिंजाली मगर
काठमाण्डौ, कात्तिक ३ – राष्द्रिय जनमुक्ति पार्टीका संघीय परिषद सदस्य भिम बहादुर थापा मगरले बिदेशमा बसेता पनि नेपालमा जातिय मुक्तिका लागि लड्ने राष्द्रिय जनमुक्ति पार्टीलाई हरसम्भव सहयोग गरिरहने बताउनु भयो ।
आज राष्द्रिय जनमुक्ति पार्टीको मुख्यलय धोविघाटमा स्वागत/सम्मान तथा भेटघाट कार्यक्रममा थापाले उक्त कुरा बताउँनु भएको हो । थापा लामो समय देखि हंङकंङ बस्दै आउँनु भएको छ । पार्टीको पाँचौ राष्द्रिय महाधिवेशनले बिधान सम्बत उहालाई संघीय परिषद सदस्यमा मनोनयन गरेको हो ।
पार्टी अध्यक्ष के.पी पालुङ्गवाले पार्टी कार्यलयमै एक कार्यक्रम गरी थापालाई स्वागत गर्नु भएको हो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष्ँ यमबहादुर बढाथोकी मगर, नेवा प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष बाबु काजी मर्हजन, संघीय महासभा सदस्य कया. दुर्गा प्रसाद गुरुङ लगायत केन्द्रिय सदस्यहरुको उपस्थित रहेको थियो । उक्त भेटघाट कर्यक्रममा थापा मगरले हङकङको तरर्फबाट पार्टीलार्इ सहयोग रकम पनि हस्तान्तरण गर्नु भयो ।
पार्टीका संघीय परिषद सदस्य तथा संगठन विभाग सदस्य के.वि पुनले कार्यक्रममा संयोजन गर्नुभएको थियो । थापा हंङकंङमा पार्टीको नाममा खडा भएको नेपाली समाज हंङकंङका सुरूका दिन देखि हाल सम्म सचिवमा कार्यरत हुनुहुन्छ । थापा राज्यसत्ता डट्कमका अध्यक्ष/सम्पादक, गोरखा समाज हंङकंङको अध्यक्ष, मगर ईन्भेष्मेन्ट ग्रुपका म्यानेजर लगायत विभिन्न संघ संगठनमा कृयाशिल हुनुहुन्छ ।
पुरा फोटो र भिडियो हेर्न तल लिंक थिच्नुहोस :
Rajyasatta added 23 new photos to the album: पार्टी फुटे पनि, मन टुटेन; भिम थापा मगर.
{youtube}https://youtu.be/DkLGCbyMh0o{/youtube}
