हिमालयन कलेजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 55 Second

रूद्र श्रीसमगर

पोखरा, असोज २० – पोखरा–९, महेन्द्रपुलस्थित सीटीईभीटीबाट सम्बन्धनप्राप्त हिमालयन कलेज अफ हस्पिटालिटी म्यानेजमेण्टले नेपालीहरूका महान् चाडहरू बडा दशैं, तिहार, छठ तथा नेपाल सम्वत् ११३७ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कलेजमा आयोजित कार्यक्रममा विभिन्न तह र  विषयमा अध्ययनरत विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान गरिएको हो ।

शुभकामना व्यक्त गर्दै कलेजका संस्थापक/निर्देशक ज्ञानबहादुर रानाले बडा दशैं, तिहार, छठ तथा नेपाल सम्वत् ११३७ जस्ता महत्वपूर्ण अवसरमा सबैको प्रगतिको कामना गर्नुभयो । आफ्नो निर्दिष्ट लक्ष्य पूरा गर्नका लागि विद्यार्थीहरूलाई अनुशासित र परिश्रमी भएर सिकाइलाई अघि बढाउन सुझाव दिँदै रानाले दशैं बिदालाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

पत्रकार रूद्रबहादुर श्रीसले देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा कलेजले महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै होटल क्षेत्र पर्यटन उद्योगको महत्वपूर्ण अंग भएको बताउनुभयो । व्यवसायिक सीप र दक्षता रोजगारीका लागि अपरिहार्य रहेको भन्दै पत्रकार श्रीसले स्वदेश तथा विदेशमा केही गर्छु भन्नेका लागि हिमालयन कलेजले राम्रो अवसर प्रदान गरेको बताउनुभयो ।

कलेजका संस्थापक/निर्देशक ज्ञानबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका शिक्षक एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

हिमालयन कलेजमा १८ महिने डिप्लोमा अन्तर्गत फुड प्रोडक्सन एण्ड कुलिनरी आर्टस्, फुड एण्ड वेभरेज सर्भिस अप्रेशन्स, फ्रन्ट अफिस अप्रेशन्स, दुई बर्से युरोपियन (साइप्रस) डिप्लोमा अन्तर्गत होटल अप्रेशन्स, इभेन्ट म्यानेजमेन्टमा अध्यापन भइरहेको छ भने बेसिक, इन्डियन, चाइनिज, कन्टिनेन्टल कुकिङ, बेकरी, फुड एण्ड वेभरेज सर्भिस, हाउसकिपिङ, फ्रन्ट अफिस असिन्टेन्ट, बारटेन्डिङ/फ्लेरिङ, सुपरभाइजरीलगायतका छोटो अवधिमा तालिम समेत सञ्चालन भइरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %