देवदह–३ हात्तीडाडामा प्रशासनले रोके वालविवाह !

Read Time:2 Minute, 29 Second

देव घर्ती

रुपन्देही, असोज १७ – रुपन्देहीको देवदह–३, हात्तीडाडामा वालविवाह रोकिएको छ । उमेर नपुगी विवाह गर्न लागेको भन्दै स्थानीय प्रशासनले वालविवाह हुनबाट रोकेको हो ।

विवाह गर्न अभिभावक मञ्जुरीमा कम्तिमा १८ बर्ष र आफु खुसी विवाह गर्न २० बर्ष नाघेको हुनु पर्ने कानुनी व्यवस्था रहेको छ । वालविवाह हुन लागेको जानकारी पाएपछि देवदह प्रहरी चौकी र स्थानीय बुद्धिजीविहरुको रोहवरमा वालविवाह हुन रोकेको देवदह प्रहरी चौकीका प्रमुख तुलबहादुर अधिकारीले जानकारी दिनु भयो । नेपालमा विभिन्न महिला सञ्जालहरुले वालविवाह रोक्ने प्रयास गरेपनि गाउघरमा अझै पनि रोकिन सकेको छ्रैन ।

वालविवाह हुन लागेको केटीको उमेर १५ बर्ष मात्र भएको भन्दै विवाह गर्नबाट रोकेको प्रमुख अधिकारीले बताउनु भयो । उमेर नपुगेको भन्दै स्थानीयवासीले अभिभावकलाई सम्झाएपनि वेवास्ता गर्दै उमेर नपुगी वालविवाह गर्न खोजेपछि वाध्य भएर रोक्नु परेको स्थानीयवासीहरुको भनाई रहेको छ ।

राज्यले वालविवाह गर्न कानुनी बन्देज लगाए पनि गाउघरमा अझै पनि वालविवाह हुने गरेको भविष्य निर्माण उच्च माविका शिक्षक झविन्द्र पाण्डेले बताउनु भयो । रुपन्देहीको फर्साटिक–३, बेतानी निवासी २६ बर्षीय केटा संग वालविवाह गर्न लागेको हो । आफन्त र नाताहरुको सम्पर्कबाट आफुहरुले विवाह गर्न लागेको केटा पक्षको भनाई रहेको छ ।

यता छोरीको आफै खुसीका साथ विवाह गर्न लागेको केटी पक्षका आफन्तहरुको भनाई रहेको छ । केटीको प्रमाण अनुसार उमेर नपुगेपछि दुलही लिन आएका जन्तीलाई फिर्ता पठाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %