कृष्ण सारू मगर
ओमन, अक्टोबर ३ – गत शुक्रबारका दिन नेपाल मगर संघ ओमन द्वारा आयोजित “प्रथम अन्तर नेपाली खुल्ला फुटबल” प्रतियोगिताको सहभागीता जनाउँदै ओमनमा स्थापित विभिन्न क्रियाशिल संघ, संस्था, संगठनका खेलकुद विभाग समुहले ७ टिम दर्ता भएको संघका केन्द्रीय संयोजक सुक बहादुर थापा मगरले राज्यसत्ता डटकमलाई जानकारी दिए ।
उक्त फुटबल प्रतियोगिताको संघका अध्यक्ष सुर्य बहादुर थापा मगरले उद्घाटन गरिएको थियो ।
फाईनलमा पुगेका सगरमाथा समुहका टिमलाई लगाउँदै जनप्रगतिशील मंचका खेलाडीको उत्कृष्ट प्रदर्शन गर्दै मैदानमा उत्रिएका अन्ततः पहिलो गोल नै निर्णायक गोल हुन पुग्यो भने, प्रतिस्पर्धामा उत्रिएका सगरमाथा समुहका खेलाडीले पनि निकै उत्साहजनक प्रतिस्प्रधात्मक मैदानमा उत्रिएता पनि गोल रहित उप-बिजेतामै चित्त बुझायो ।
प्रथम हुने टिमलाई ५० ओमनी रियल पुरस्कार सिल्ड कप तथा प्रमाणपत्र र द्धितिय टिमलाई ४० ओमनी रियल पुरस्कार सिल्ड कप सहित प्रमाणपत्र संघले प्रदान गरेको हो ।
सभापतित्व संघका अध्यक्ष थापा मगरले गरेका थिए । उपाध्यक्ष गोम बहादुर सारू मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।