कोरियाबाट राष्ट्रिय आविस्कार केन्द्र र एकिकृत सिर्जनशील समाज नेपाललाई सहयोग !

Read Time:2 Minute, 39 Second

मगर संचार

काठमाडौ, असोज १६ – डा. महाविर पुन मगरले स्थापना गर्न लागेको राष्ट्रिय आविस्कार केन्द्र र जुनु पुन मगरले सञ्चालन गरेको एकिकृत सिर्जनशील समाज नेपाललाई जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियाले रु.१,००,०००/–रु( एक लाख) आर्थिक सहयोग प्रदान गरेको छ ।

राष्ट्रिय आविस्कार केन्द्र, पुन मगरले नेपालीहरुबाट नै आर्थिक संकलन गरि स्थापना गर्न खोजेको नेपालको ज्यादै महत्वपुर्ण र महत्वकांक्षी योजना हो भने एकिकृत सिर्जनशील समाज नेपाल द्धन्द पिडित बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएको संस्था हो ।

जेजु नेपाली कम्युनिटी ग्रुप दक्षिण कोरियामा शुभद्रा पालुङ्गवा लिम्बुको संयोजकत्वमा संकलन गरिएको उक्त रकम हिजो असोज १५ गते यी दुई संस्थालाई हस्तान्तरण गरिएको हो । सन् २००९ मा कोरिया पुग्नु भएकी पालुङ्गवा लिम्बु जेजु मल्टी कल्चर फेमिली सेन्टर, जेजु मानव संसाधन बिकास बोर्डमा नेपाली भाषा अनुवादक र काउन्सिलिङ्गको काम गर्दै जेजु इमिग्रेसनमा नेपालीको प्रतिनिधित्व गर्नुहुन्छ ।

नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्य राखि स्थापित जेजु नेपाल कम्युनिटीका संस्थापक तथा सञ्चालिका शुभद्राको भाई सुरेन्द्र पालुङ्गवा मार्फत यी दुई संस्थालाई रु.५०,०००/–(रु.पचास हजार) को दरमा मगर्स क्रियशनरमगर मिडियाको समन्वयमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कोरियामा स्थापित उक्त संस्थाले हाल सम्म धेरै ठाउँमा सहयोग गरेको छ । गत साल भुकम्प पिडित स्कुल सिन्धुपाल्चोकमा पनि सहयोग गरेको थियो भने संस्थाले कोरियाको जेजुमा बस्ने नेपालीहरुको हितमा पनि विभिन्न काम गर्दै आएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %