नेपाल मगर संघ तथा मगर महिला संघ रामबजारको १५ औं वार्षिक साधारणसभा सम्पन्न !

Read Time:2 Minute, 45 Second

रूद्र श्रीसमगर


पोखरा, असोज १५   – नेपाल मगर संघ तथा नेपाल मगर महिला संघ रामबजार एकाइ समितिको १५ औं वार्षिक साधारणसभा संयुक्त रूपमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारणसभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका उपाध्यक्ष मे. प्रेमबहादुर थापामगरले मगर जातिको पहिचान जोगाउन सबै मगरहरू एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल मगर संघ कास्कीको आयोजनामा हुँदै आएको मिस मगर नेपालको नयाँ संस्करणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष थापामगरले मगर जातिमा विद्यमान कला, संस्कृति, भाषा र साहित्यलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका सहायक जिल्ला अधिकारी गगनसिंह थापामगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर संघ कास्कीका सचिव यामबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाले सचिव अमरबहादुर थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष क्या. बेनबहादुर आलेमगरद्वारा प्रस्तुत आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । त्यस्तै, नेपाल मगर महिला संघ रामबजार एकाइ समितिकी सचिव रामश्री थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन, नेपाल मगर युवा संघ रामबजार एकाइ सचिव तिर्सना थापामगरद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुमिना बुढाथोकीमगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन साधारणसभाबाट सर्वसम्मतिले पारित भएको छ । 

नेपाल मगर संघ रामबजार एकाइ समितिका अध्यक्ष ढालबहादुर सारूमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमरबहादुर थापामगर तथा नेपाल मगर महिला संघ रामबजार एकाइ समितिकी उपाध्यक्ष लक्ष्मी थापामगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %