रूद्र श्रीसमगर
पोखरा, असोज १५ – नेकपा (माओवादी केन्द्र)निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष सुदर्शन बरालमगरले नयाँ संविधानमा तीन प्रदेशमा विभाजित मगरात भूमिलाई एकीकृत गराउन मोर्चाले ठोस पहलकदमी लिने बताउनुभएको छ ।
मोर्चाको ४ नं. प्रदेशको एकता भेलालाई शनिबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष बरालले मोर्चाकै पहलमा मगरात आन्दोलनलाई अघि बढाइने उद्घोष गर्नुभयो । ‘मगरात प्राप्तिको आन्दोलनमा हाम्रो नेतृत्वदायी भूमिका अपरिहार्य भएको छ’, अध्यक्ष बरालले भन्नुभयो, ‘अन्य पार्टीनिकट मगर संघसंगठनसँग मिलेर हामी आन्दोलन अघि बढाउने तयारीमा छौं ।
राष्ट्रिय मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय मुक्ति आन्दोलनबाट विमुख बनाएर कुनै पनि जातिको मुक्ति हुन नसक्ने भन्दै बरालले माक्र्सवादी ढंगले नै नेपालमा विद्यमान जातीय समस्याको हल हुन सक्ने बताउनुभयो । ‘राष्ट्रिय मुक्ति आन्दोलनलाई सर्वहारा वर्गीय मुक्ति आन्दोलनभन्दा अलग गरेर हामी निष्कर्षमा पुग्न सक्दैनौं’, बरालले भन्नुभयो, ‘हाम्रा कुरा क्षत्री–बाहुन समुदायले नबुझ्दासम्म आदिवासी जनजातिले अधिकार प्राप्त गर्न कठिन छ ।
एकता भेलामा मोर्चाका संरक्षक एवं वरिष्ठ सल्लाहकार दीपक चर्तीमगर, नेकपा (माओवादी केन्द्र) ४ नं. प्रदेशका कार्यालय सचिव आशमान रोकामगर ‘पवन’, मोर्चाका महासचिव दुर्लभकुमार पुनमगरलगायतले मगरातको अस्तित्व खतरामा रहेको भन्दै मगरात प्राप्तिका लागि आन्दोलन अपरिहार्य रहेकोमा जोड दिएका थिए ।
यसैबीच, एकता भेलाले ८५ सदस्यीय प्रदेश सम्मेलन आयोजक समिति गठन गरेको छ । जसमा मोर्चाका केन्द्रीय उपाध्यक्ष लेखबहादुर थापामगर (गोरखा) इञ्चार्ज रहने गरी केन्द्रीय सचिव लोकेन्द्र तरामुमगर (स्याङ्जा)को संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरिएको हो । भेलाले १७ सदस्यीय प्रदेश कार्यालय गठन गरेको छ ।
प्रदेश कार्यालय सदस्यहरूमा चिनीमाया कालामगर (बागलुङ), रामबहादुर थापामगर (तनहुँ), छमाया थापामगर (गोरखा), सन्तोषी आलेमगर ‘सासा’ (कास्की), रूद्रबहादुर श्रीसमगर (कास्की), भीमबहादुर रानामगर (तनहुँ), कृष्ण रानामगर (गोरखा), वीरबहादुर थापामगर (तनहुँ), गोमबहादुर रानामगर (तनहुँ), चन्द्रप्रसाद बुढाथोकीमगर (म्याग्दी), गौबहादुर पुनमगर (पर्वत), क्या. भीमबहादुर थापामगर (कास्की), रामबहादुर थापामगर (कास्की), गुमानसिंह बुढाथोकीमगर (बागलुङ)लगायत रहनुभएको छ ।
त्यसैगरी, प्रदेश सम्मेलन आयोजक समितिका सदस्यहरूमा शेरमान घर्तीमगर (बागलुङ), यमन रोकामगर (म्याग्दी), विनु थापामगर (कास्की), भीमलाल थापामगर (स्याङ्जा), प्रेम थापामगर (स्याङ्जा), टेकवीर पुनमगर (नवलपुर), बुद्धराज थापामगर (लमजुङ), रमेश थापामगर (गोरखा), सागर थापामगर (स्याङ्जा), अमरसिंह घर्तीमगर (बागलुङ), प्रेम पुनमगर (कास्की), जगत लाङ्घाली मगर (म्याग्दी), राजन आलेमगर (गोरखा), नन्दकुमार थापामगर (स्याङ्जा), भद्रबहादुर घर्तीमगर (बागलुङ), चोकबहादुर थापामगर (कास्की), इन्द्रमान बुढामगर (बागलुङ), लीलाबहादुर थापामगर (कास्की), नरबहादुर पुनमगर (कास्की), लेखबहादुर आलेमगर (तनहुँ), यामबहादुर सारूमगर (नवलपुर), केशरी पुनमगर (बागलुङ), केशरी घर्तीमगर (बागलुङ), गगन पुनमगर (बागलुङ), ललित श्रीसमगर (बागलुङ), प्रेमबहादुर रानामगर (पर्वत), होमबहादुर आलेमगर (तनहुँ), संगीता पुनमगर (कास्की), गोपाल पुनमगर (कास्की), चन्द्रबहादुर थापामगर (स्याङ्जा), लक्ष्मी थापामगर (स्याङ्जा), तेजबहादुर थापामगर (पर्वत), निशा घर्तीमगर (बागलुङ), धनबहादुर रानामगर (कास्की), सुनकुमारी मगर (मुस्ताङ), खेमबहादुर पुलामीमगर (नवलपुर), सञ्जीव थापामगर (गोरखा), मनोज थापामगर (बागलुङ), दुर्गा श्रीसमगर (बागलुङ), मनबहादुर थापामगर (स्याङ्जा), प्रेमबहादुर थापामगर (बागलुङ), डिल्लीराज थापामगर (तनहुँ), लक्ष्मी रानामगर (स्याङ्जा), थममाया पुन घर्तीमगर (कास्की), झमबहादुर पुनमगर (कास्की), मीना थापामगर (कास्की)लगायत रहनुभएको छ ।
भेलाले प्रदेश अन्तर्गतका ११ वटा जिल्लाका इञ्चार्ज र संयोजक समेत तोकेको छ । जस अन्तर्गत गोरखा जिल्ला इञ्चार्जमा लेखबहादुर थापामगर, संयोजकमा छमाया थापामगर, तनहुँ इञ्चार्जमा रामबहादुर थापामगर, संयोजकमा भीमबहादुर रानामगर, लमजुङ इञ्चार्जमा बुद्धराज थापामगर, मनाङ रिक्त, कास्की इञ्चार्जमा सन्तोषी आलेमगर ‘सासा’, संयोजकमा क्या. भीमबहादुर थापामगर, स्याङ्जा इञ्चार्जमा लोकेन्द्र तरामुमगर, नवलपुर रिक्त, पर्वत इञ्चार्जमा सन्तोषी आलेमगर ‘सासा’, संयोजकमा गौबहादुर पुनमगर, बागलुङ इञ्चार्जमा चिनीमाया कालामगर, संयोजकमा गुमानसिंह बुढाथोकीमगर, मुस्ताङ इञ्चार्जमा सुनकुमारी मगर, म्याग्दी इञ्चार्जमा चन्द्रप्रसाद बुढाथोकीमगर रहनुभएको छ । मोर्चाका केन्द्रीय उपाध्यक्ष बालकृष्ण काउछामगरले सम्मेलन आयोजक समितिको नामावली प्रस्ताव गर्नुभएको थियो ।
साथै, भेलाले स्थानीय तहको पुनर्संरचना भइरहेकोमा गाउँपालिका तथा नगरपालिका पुनर्संरचना गर्दा मगर स्वायत्त क्षेत्र निर्धारणमा जोड दिने र स्थानीय चुनावमा केन्द्रित भइ तयारी अघि बढाउने निर्णय पनि गरेको छ । आगामी कात्तिक महिनाभित्रमा जिल्ला एकता भेलाहरू सम्पन्न गरिसक्ने निर्णय समेत भेलाले गरेको छ ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल ४ नं. प्रदेशका इञ्चार्ज लेखबहादुर थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संयोजक लोकेन्द्र तरामुमगर र स्वागत भेला आयोजक समितिका सदस्य चिनीमाया कालामगरले गर्नुभएको थियो भने अर्का आयोजक समिति सदस्य रूद्रबहादुर श्रीसमगरले केन्द्रीय परिपत्र वाचन गर्नुभएको थियो ।
