सहकारी संचालकहरुले सहकारी शिक्षा अनिवार्य रुपमा लिनु पर्नेमा आवश्यक !

Read Time:2 Minute, 24 Second

 

गोविनद घर्ती


देवदहमा, असोज १५ – सहकारी शिक्षा विना सहकारीको विकास हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

उनीहरुले सहकारीको विकासको लागि शेयर सदस्य तथा संचालकहरुले सहकारी शिक्षा अनिवार्य रुपमा लिनु पर्नेमा जोड दिएका थिए । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्था देवदहको आठौ बार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

सहकारीहरु नेता मुखी नभई नीति मुखी हुने पर्नेमा जोड दिदै सहकारीहरुले हिसाव कितावलाई पारदर्शि बनाउनु पर्नेमा जोड दिएका थिए । सोही कार्यक्रममा बोल्दै देवदह साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक सरला सुवेदीले सवैले जिम्मेवारी पुरा गर्ने हो भने सहकारीलाई अगाडि लैजान सकिनेमा जोड दिनु भयो ।

सहकारी संस्थाका अध्यक्ष पवित्रा रिमालको अध्यक्षतामा भएको कार्यक्रममा कोलिय बचत तथा ऋण सहकारीका उपाध्यक्ष भिमप्रसाद गुरुङ्ग, चेली कृषि सहकारीका सावित्रा वस्याल, निर्माण बहुउदेश्यीय सहकारीका सुमित्रा वारघरे, संगीनी बचत तथा ऋण सहकारीका मिना न्यौपाने, पल्लवी बचत तथा ऋण सहकारीका भिमप्रसाद न्यौपाने, देवदह स्वास्थ्य चौकीका जयकिशन अधिकारी, देवदह साप्ताहिकका त्रिलोचन दहाल, ईमा भूषाल, रुपा ढुंगाना लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष पवित्रा रिमालले प्रगति प्रतिवेदन र करिव ३ करोड बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । मिना ज्ञवालीको स्वागत र सचिव सर्मिला पन्थ क्षेत्रीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %