देवदह चैत्र १० ।
तमुहरुको समाप्त हुन लागेको अस्तित्व जोगाउन जागृत हुनु पर्ने एकिकृत माओवादीका सभासद बुद्धिराम गुरुङ्गले बताएकाछन् । त्रमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद जिल्ला समितिको आयोजनामा रुपन्देहीको भैरहवा भएको १३४ औं शुकदेव दिवस समारोहमा बोल्दै उनले उक्त कुरा बताएकाहुन् । सार्वभौमसत्ता जनतामा नरहेको, नेपालका नेताहरु भ्रष्टचारीमा लिप्त भएको आरोप लगाउदै उनले सबै तमूहरु एक हुनुपर्ने बताए ।
जिल्ला अध्यक्ष चन्द्र बहादुर गुरुङ्गको अध्यक्षता र संगठन सचिव सपना गुरुङ्गको संचालनमा भएको कार्यक्रममा केन्द्रीय संघ परिषदका सदस्य टेक बहादुर गुरुङ्ग, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य दल बहादुर विरकट्टा मगर लगायतले बोलेकाथिए । सहिद सुकदेव गुरुङ्गले जहानिया राण शासन विरुद्ध संघर्ष गर्दागर्दै वि।स १९३३ चैत्र १० गते गोर्खा जेलमा सहादद प्राप्त गरेकाथिए । सहिद सुकदेव गुरुङ्गको गत वर्ष रुपन्देही जिल्लाको भैरहवामा बजारमा शालिक निर्माण गरिएको थियो ।
गोविन्द घर्ति
मुक्तिका लागि तमू एक हुनुपर्ने
Read Time:1 Minute, 39 Second