देव घर्ती मगर
देवदह, असोज ३ – देशको आमुल परिवर्तनमा युवा लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
उनीहरुले न्यायपूर्ण समाज निर्माण गर्न युवाहरुले राजनीति गर्न आवश्यक रहेकोमा जोड दिदै अन्याय र अत्याचारको विरुद्धमा युवाहरु सक्रिय भएर लाग्नु पर्नेमा जोड दिएका थिए । नेकपा एमाले देवदह–८, मदनग्राम टोल कमिटीद्धारा युवा विद्यार्थीको आयोजित प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान कहिल्यै पूर्ण नहुने भएकोले शंसोधन मार्फत पुरा गर्दै जानु पर्नेमा जोड दिएका थिए । टोल कमिटीका अध्यक्ष धनेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिवालय सदस्य धुव्रप्रसाद खरेल, सिद्धिचरण भट्टराई, बुद्धिसागर भट्टराई, युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी, क्षेत्रीय सदस्य टंकप्रसाद पोखरेल, नारायण पौडेल, दिवाकर अधिकारी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा यम रानाले राजनैतिक र युवाको नेतृत्व, पदम थापाले राजनैतिक दलहरुको अन्तर र कृष्ण अधिकारीले लागुपदार्थ र चेलिवेचविखन सम्वन्धी प्रशिक्षण दिनु भएको थियो ।
सो अवसरमा दिलकुमार विकको अध्यक्षतामा मदनग्राम युवा संघ गठन गरिएको छ । जसको उपाध्यक्षमा रेनु परियार, सचिवमा कल्पना भण्डारी, उपसचिवमा धुव देवकोटा रहनु भएको छ । शोभा श्रेष्ठको स्वागत र भारती अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
