प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ को अध्यक्षमा पौडेल !

Read Time:4 Minute, 3 Second

रूद्र श्रीसमगर

पोखरा, असोज २ – प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ को प्रथम ऐतिहासिक एकता सम्मेलनबाट अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) चयन हुनुभएको छ ।

 आइतबार पोखरामा सम्पन्न सम्मेलनबाट आगामी तीन बर्से कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा दीपक श्रेष्ठ ‘जलन’ (गोरखा), खुल्ला उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना (कास्की), समावेशी उपाध्यक्षमा रामबहादुर घले (तनहुँ), सचिवमा अर्जुन काफ्ले (स्याङ्जा), खुल्ला सह–सचिवद्वयमा सन्तोष गौतम (म्याग्दी) र मुरारी शर्मा (पर्वत), आदिवासी जनजाति सह–सचिवमा प्रितम भुजेल (नवलपरासी), महिला सह–सचिवमा कमला केसी (लमजुङ), दलित सह–सचिवमा नारायण विक र कोषाध्यक्षमा राधिका कँडेल (कास्की) चयन हुनुभएको छ ।

त्यसैगरी, २७ सदस्यीय कार्यसमितिका सदस्यहरूमा देवराज पुरी (पर्वत), रामचन्द्र राई (कास्की), शिव संकल्प सुवेदी (पर्वत), प्रकाशचन्द्र गिरी, चन्द्रेश्वर बस्ताकोटी (मुस्ताङ), कमल खत्री (म्याग्दी), राम थापा ‘अविरल’ (बागलुङ), प्रनिश गिरी (पर्वत), विभु भुसाल (कास्की), कृष्ण पंगेनी (नवलपरासी), गुणराज रोक्का (गोरखा), सानेबहादुर नेपाली (तनहुँ), रूद्रहरि ढकाल (लमजुङ)लगायत रहनुभएको छ ।

त्यस्तै, सम्मेलनले यही असोज १३ र १४ गते काठमाडौंमा हुने प्रेस सेन्टर नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय एकता सम्मेलनका लागि २७ जना केन्द्रीय प्रतिनिधि पनि चयन गरेको छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य पारसमणि पौडेलको अध्यक्षतामा सन्तोष पौडेल र विश्वास शर्मा सदस्य रहेको अध्यक्षमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो ।

यसअघि, सम्मेलनको उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का प्रदेश नं. ४ का संयोजक डिलाराम आचार्यले मधेशलाई सहमतिमा ल्याउन सक्नु नै अहिलेको वास्तविक राष्ट्रवादभएको बताउनुभयो । दरबारिया राष्ट्रवादले नेपाली जनतालाई दिग्भ्रमित पार्ने दुस्साहस गरिरहेको भन्दै नेता आचार्यले मधेशलाई छिःछिः र दुरदुर गर्ने कार्य राष्ट्रवाद हुन नसक्ने बताउनुभयो ।

सम्मेलनको उद्घाटनसत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य ओम शर्मा, प्रेस स्वतन्त्रता सेनानी नारायण भट्टराई, नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक राजकाजी गुरुङ ‘करण’, प्रेस सेन्टर नेपालका प्रदेश नं. ४ का इञ्चार्ज एलपी बञ्जारा ‘अक्कल’, वरिष्ठ पत्रकार कुसुमकेशम पराजुलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ का संयोजक त्रिभुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–संयोजक गोमा घिमिरे ‘रुचि’ र सह–संयोजक दीपक श्रेष्ठ ‘जलन’ले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %