सनु थापा मगर
बुटवल, असोज १ – कानुङ बचत तथा ऋण सकारी संस्था लि. बुटवलको आठौं
वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन् गर्दै व्यवस्थापीका संसदका एमाले सांसद दिलशोभा पुनले सहकारी सिमित व्यक्तिहरुको पहुँचमा मात्र नभई घर घरमा पुग्नु पर्ने बताउनु भयो ।
उहाँले सरकारको सहकारी सम्बन्धि फितलो नीतिका कारण सहकारी सञ्चालनमा कहीलेकाँही समस्या हुने गरेको बताउँदै संसदमा सहकारी नीति पेश भईसकेकाले यस सम्बन्धमा छिट्टै सहकारी निति आउन लागेको जानकारी दिनु भयो ।
सोही अवसरमा सहकारीका संस्थापक अध्यक्ष ईन्जिनियर हिरा बहादुर भलामी, फेवा बचत तथा ऋण सहकारीका उपाध्यक्ष प्रेम गुरुङ्ग, धनी आले मगर, दर्शन राना, अधिवक्ता लक्ष्मण थापा पत्रकार सनु थापा लगायतले बोल्नु भएको थियो ।
सहकारीका अध्यक्ष जंग बहादुर श्रीसको अध्यक्षतामा सम्पन्न भएको सभाले अध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक दिल बहादुर थापाले प्रस्तुत गर्नु भएको लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष ईन्द्रा वलालले प्रस्तुत गर्नु भएको आयव्यय प्रतिवेदन समेत पारित गरेको छ ।
असल ऋणी उर्मीला राना,एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भएका शेयर सदस्यका छोरोछोरीहरुलाई समेत सोही अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रम उपाध्यक्ष टोप बहादुर थापाको स्वागत तथा सचिव हरिदेव थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
