संजय सिंजाली मगर
ललितपुर, भदौ ३० — ललितपुर मगर संघले विभिन्न बिधामा उत्कृष्ट मगर बिध्यार्थीहरु लाई सम्मान , नगद तथा प्रमाणपत्र बितरण गर्यो ।
लालितपुर जिल्ल मा बसोबास गरी ललितपुरकै बिध्यालयमा अध्यान गरी एसएलसी उर्तिण बिध्यार्थीहरू मध्ये सबोर्त्कृष्ट हुने एकजनालार् राजमती छात्रबृत्ती नगद रू ५ हजार तथा सरकारी बिध्यालयमा अध्यान गरी सबोर्त्कृष्ट १ जनालाइ निलबहादुर राना मगर छात्रबृत्ती रू ५ हजार र उत्कृष्ट १ जनालाइ मथुरा राना मगर छात्रबृत्ती २ हजार नगद सहित सबै बिध्यार्थीहरूलार्इ सबै बिध्यार्थीहरूलार्इ सम्मान गरिएको थियो । सम्मान हुनेहरूमा सरस्वती समुदायीक माध्यमीक बिध्यालयका ज्योती मगरले २००० रुपैया प्रमाणपत्र , दिवश थापा मगरले ५००० र प्रमाणपत्र पाउन सफल भएका थिए । यो पुरस्कारलाई ललितपुर जिल्ला अध्यक्ष कृष्ण ब. राना मगरले प्रायोजक गरेका थिए ।
सरकारी र प्राईभेट दुवै स्कुलको तर्फ बाट राम्रो अंक ल्याई एस.एल.सीमा टप्पन सफल भएका अनिशा थापा मगरले भू पू अध्यक्ष क्या.कुल प्रसाद पुनमगरले प्रायोजक गर्नु भएको ५००० र प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए । एस.एल.सीमा ल.पु भित्र उत्कृष्ट अंक ल्याउने राज दिप राना मगर, असिम मास्की मगर, मोहन दलार्मी मगर र रोशन सिंजाली मगर लाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा अधिबक्ता ईन्दीरा श्रीस मगर र नेपाल मगर संघका पूर्व महासचिव तथा अदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका पूर्व सदस्य सचिव लोक ब. थापा मगरलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
बिगत ८ बर्ष देखि युवा हरुमा वाककलाको बिकास गर्न बक्तृत्वकला प्रतियोगिता संचालन गदै आइरहेकोमा यो बर्ष पनि प्रतियोगिता गराईएको थियो । यस बर्ष प्रतियोगीताको शीर्षक बतर्मान संबिधानमा अादिबासी जनजातिको अधिकार र हाम्रो भूमिका बिषय रहेको थियो । जसमा ५जनाले बिध्यार्थीहरुले भाग लिएका थिए ।

जसमा :
१ं) रञ्जन थापा मगरले प्रथम पुरस्कार २००० रूपैया,
२) कृजो आले मगरले दोष्रो १५०० ,
३) पुनम खवास मगरले तेष्रो १००० ,
४) दिक्षा थापा मगर र
५) आशिष थापा मगरले सान्तवना पुरस्कार स्वरुप ४००, ४०० जित्न सफल भएका थिए ।
जसमा मूल्याकन समितिको संयोजकमा निवर्तमान अध्यक्ष गुप्त बहादुर राना मगर, दिनेश थापा मगर र सरद थापा मगर थिए । निमा घर्ती मगरलाई १२औ साफको उसु तर्फको खेलमा गोल्ड मेडल जित्न सफल भएकोमा साथै एस.एल.सी बी+ पास गर्न सफल भएकोमा संघले सम्मान गरेको थियो ।
ल.पु मगर समाजका निवर्तमान अध्यक्ष तथा वाणिज्य बैकमा कार्यरत गुप्त ब. राना मगर को रचित कविता संग्रह “ सप्तरङ्गी फूलहरु ”नेपाल मगर संघका पूर्व उपाध्यक्ष्ँ बम कुमारी बुढा मगरले बिमोचन गर्नु भएको थियो । कार्यक्रमा शुभकामना मन्तव्य दिनेहरुमा बिशेष अतिथिहरुमा पूर्व मन्त्री बालाराम घर्ती मगर, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन मगर, बमकुमारी बुढ मगर, लोक ब. थापा मगरले मन्तव्य राखेका थिए ।
साथै तिल ब. थापा मगरले लोकसेवा सम्बन्धी बिचा राख्दै गएको वर्ष मगरहरुले एक जना फस्टकलास अफिसर, ५ जना सह–सचिव र १६ जना नासु उत्तिर्ण हुन सफल भएको जानकारी दिएका थिए ।

लोक ब. थापा मगरले मन्तव्य राख्दै मगरभाषामा आज भोली के भो मलाई यस्तो भन्ने कविता बाचन गरेका थिए ।
नेपाल मगर संघका उपाध्यक्ष गंगा खासु, प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल मगर संघ ललितपुरका अध्यक्ष कृष्ण बहादुर राना मगरको सभापतिमा सस्थाका सचिव दिपक थापा मगरले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रको अन्त्यमा रेफल ड्र पनि खेलाईएको थियो ।

भिडीयो हेर्न तल लिङ्क थिच्नुहोस
{youtube}https://youtu.be/AB_Ozdc9L6o{/youtube}
पुरा फोटोको लागी तलको लिङक थिच्नुहोस
Rajyasatta added 65 new photos to the album: A+AA- ललिपुर मगर संघले बिभिन्न ब्यक्तित्वलार्इ सम्मान गर्यो(भिडीय.
