गोबिन्द घर्ती
भाद्र २८ । रुपन्देहीको देवदहमा घरेलु हिंसा न्यूनिकरण गर्न वाल नेतृत्वको भूमिका विषयक अन्तर मावि स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय वालदिवसको अवसरमा देवदह नगरपालिकाको आयोजना, देवदह साप्ताहिकको व्यवस्थापन र नगर वाल सञ्जालको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
१५ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा देवदह बुद्धपव्लिकका समिन गैरे प्रथम, जनता माविका अस्मिता बलाल द्धितिय, सरस्वती बोडिङ्गका विनय खनाल तृतिय र केरवानी माविका आयुष्मा भण्डारी सान्त्वना भएको छ । कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले देवदह नगरपालिकालाई २०७४ मंसीर सम्म वालमैत्री नगरपालिका घोषणा गर्न लागिरहेको बताए ।
वालमैत्री नगरपालिका निर्माण गर्न सम्पूर्ण देवदहवासीले आ–आफनो ठाउबाट पहल गर्नपर्नेमा जोड दिए । वालवालिका संग सम्वन्धी कार्यक्रमले वालमैत्री नगरपालिका घोषणा गर्न टेवा पुग्ने घिमिरेले बताए । वालमैत्री विद्यालय स्थापना नगर्दा सम्म नगरपालिकालाई वालमैत्री नगर घोषणा गर्न समस्य हुने भएकोले त्यस तर्फ सवैले ध्यान दिनु पर्नेमा जोड दिए । देवदह नगरपालिकाका शाखा अधिकृत तथा वालनगर फोकल पर्सन गंगाप्रसाद पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा केवानी माध्यमिक विद्यालयका प्राचार्य मित्रलाल न्यौपाने, नेपाली काग्रेसका गुणखर भूर्तेल, नेकपा माओवादी केन्द्रका मेघनाथ पौडेल, नेकपा माओवादी क्रान्तिकारीका ऋषिराम लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ऋषिराम रेग्मी, राष्ट्रिय जनमोर्चाका हरी केसी, राष्ट्रिय जनमुक्ति पार्टीका डम्वर बहादुर थापा, रेडियो देवदहका भिम प्रसाद गुरुङ्गले बोलेका थिए ।
त्यसैगरी केरवानी माविका कृष्ण प्रसाद न्यौपाने, एशियन लाईटका महोराज ढुंगाना, नगर वाल सञ्जालका बविता भट्टराई लगायतले आ–आफना भनाई राखेका थिए । रुका सापकोटाको स्वागत र त्रिलोचन दहालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
घरेलु हिंसा न्यूनिकरण गर्न वाल नेतृत्वको भूमिका
Read Time:3 Minute, 6 Second
