राष्ट्रिय तेक्वान्दो संघ नेपाल पर्वतद्वारा समाजसेवी गुरुङ सम्मानित !

Read Time:2 Minute, 27 Second

रूद्र श्रीसमगर


कुश्मा, भदौ २६ – राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति, पर्वतले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’लाई सम्मान गरेको छ ।


शनिबार सदरमुकाम कुश्मामा आयोजित बधाई, शुभकामना एवं सम्मन कार्यक्रममा समाजसेवी गुरुङलाई संघका तर्फबाट सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्याब्सन पर्वतका अध्यक्ष एवं आदर्श अंग्रेजी आवासीय मावि, कुश्माका प्राचार्य हिमबहादुर पौडेल क्षत्री र संघका जिल्ला अध्यक्ष कमल थापाले समाजसेवी गुरुङलाई सम्मान गर्नुभएको थियो ।

सम्मान ग्रहण गर्दै सम्मानित व्यक्तित्व मिलन फाउण्डेशन नेपालका संरक्षक एवं मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले संघले दिएको सम्मानले समाजप्रति थप जिम्मेवारी महसुस भएको बताउनुभयो । आफूले मिलन फाउण्डेशन नेपालमार्फत् शिक्षा, स्वास्थ्य एवं खेलकुदलगायतका विभिन्न क्षेत्रमा दुःख गरेर कमाएको केही पैसा लगानी गर्दै आएको बताउँदै समाजसेवी गुरुङले संघमा आबद्ध खेलाडीहरूको वृत्ति विकासका लागि सक्दो सहयोग निरन्तर गरिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ पर्वतका अध्यक्ष विकास विश्वकर्मा, उपाध्यक्ष ठाकुर बी पौडेललगायतले बोल्नुभएको थियो । सोही अवसरमा मिस्टर धौलागिरिका बिजेता खेलाडी विपिन सुनारलाई पनि सम्मान गरिएको थियो ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अन्तिम गुरुङ र संघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक खड्कबहादुर गुरुङ ‘मदन’ले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %