संघीय लिम्बुवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याकको राजिनामा

Read Time:3 Minute, 56 Second

भैरब आङ्ला

धरान,भाद्र २५-संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चको केन्द्रीय सचिव गजेन्द्र चोङबाङ्क्याक सहित सुनसरी, पाचथर र तेह्रथुमका १ सय ७० जना कार्यकर्ताले कुनै पनि पदमा नरहने गरी संयुक्त राजिनामा दिएका छन् । धरानमा आज पत्रकार सम्मेलन गर्दै कुमार लिङ्देन नतृत्वको मञ्च छाडेर स्वतन्त्र रहने भन्दै केन्द्रीय सचिव सहितका कार्यकर्ताले राजिनामा दिएको हो । राजिनामा दिनेहरुमा मंचका केन्द्रीय सचिवालय सदस्य स्वर्णिमहाङ फोम्बो, सुनसरी जिल्ला उपाध्यक्ष उद्धव कटुवाल, मंचको जनवर्गीय संगठन संघीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा सुनसरी सचिव घनेन्द्र लिम्बु रहनुभएको छ ।

मंचबाट राजिनामा दिने अन्य पदाधिकारीहरुमा सुनसरी जिल्ला सचिव कमल लिम्बू, पदमसुन्दर गुरुङ, पाचथर जिल्ला उपाध्यक्ष झकेन्द्र लाओती, क्षेत्रीय सचिव पाण्डुराम लिम्बु, विद्यार्थी युनियनका जिल्ला अध्यक्ष प्रदीपकुमार लिम्बू, उपाध्यक्ष पासाम तिलिङ, महिला विभाग केन्द्रीय सदस्य विमला तेयुङ, महिला परिषदका केन्द्रीय सदस्य बन्दना सांवा, लिम्बुवान भोलण्टियरका केन्द्रीय उपकमाण्डर प्रकास राउत लगायत रहनुभएको छ ।

पुर्वमा लिम्बुवान स्वायत्त राज्य स्थापनाकालागि दुइ बर्षअघि लिम्बुवानको मुद्धा बोकेका पाच राजनितिक दलहरु भेडेटारमा भेला भई कुमार लिङ्देनको नेतृत्वमा एकता गरेर संघीय लिम्बुवान पार्टी, नेपाल बनाएका थिए । तर दुइ बर्ष नटिक्दै अध्यक्ष कुमार लिङ्देनले मधेशी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै निस्कृय रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मंच विउताएर निर्वाचन आयोगमा दर्ता गरेपछि संघीय लिम्बुवान पार्टीमा दुइ चिरा भएको थियो ।

पार्टी फुटेपछि अन्यौलमा रहेका नेता र कार्यकताहरुले स्वतन्त्र बस्ने निर्णय गर्दै राजीनामा दिएको केन्द्रीय सचिवालय सदस्य स्वर्णिमहाङ लिम्बूले बताउनुभयो । विद्यार्थी नेता प्रदीप कुमार लिम्बुले पार्टीमा सैद्धान्तिक मतभेत भए पछि त्यसलाई समाधान गर्न दुवै पक्षबाट कुनै पहल नभएको र फुट आएपछि दुवैपक्षबाट आफु तिर आउन दवाव आएकाले स्वतन्त्र रहने गरी राजीनामा दिएको बताउनुभयो । उहाले भने, ‘केन्द्रीय नेतृत्व तहका नेताहरुमा लिम्बुवान स्वायत्तताको मुद्धाप्रति गम्भीरता देखिएन । एकपासमा आरोप प्रत्यारोप गरेर राजनिति गर्दा लिम्बुवान प्राप्ती हुदैन भन्ने बुझेपछि उनीहरु दुवै पक्ष्ँ गलत सावित गरेर स्वतन्त्र बस्ने निर्णयमा पुगिएको हो ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %