मगरात संघर्ष समिति कास्की गठन !

Read Time:2 Minute, 26 Second

रूद्र श्रीसमगर

पोखरा, भदौ २४ – नयाँ संविधानले सात प्रदेश विभाजनका क्रममा प्रस्तावित मगरात भूमिलाई विभाजित गराएको भन्दै कास्कीमा मगरात संघर्ष समिति गठन गरिएको छ ।


 शुक्रबार सम्पन्न एक भेलाले तीन प्रदेशमा विभाजित मगरात भूमिलाई एकीकृत गराउन संघर्ष गर्न रामबहादुर थापामगरको संयोजकत्वमा ७१ सदस्यीय मगरात संघर्ष समिति, कास्की गठन गरेको हो ।

जसको सह–संयोजकमा कुमार थापामगर, सचिवमा यामबहादुर थापामगर र कोषाध्यक्षमा संगीता पुनमगर रहनुभएको छ । त्यस्तै, सदस्यहरूमा नेपाल मगर संघ कास्कीका कार्यसमिति सदस्यहरू, ३३ वटा एकाइ समितिका अध्यक्ष, संघका भ्रातृसंस्थाका अध्यक्ष एवं विभिन्न ६ वटा राजनीतिक दलसम्बद्ध मगर संगठनहरू रहेका छन् ।

नेपाल मगर संघ कास्कीका भ्रातृसंस्था एवं आबद्ध संस्थाहरू नेपाल मगर महिला संघ, नेपाल मगर विद्यार्थी संघ, नेपाल मगर युवा संघ, नेपाल मगर सांस्कृतिक संघ, नेपाल मगर बुद्ध सेवा समाज र नेपाल मगर पत्रकार संघ मगरात संघर्ष समितिमा आबद्ध छन् ।

त्यस्तै, नेपाली कांग्रेसनिकट नेपाल राष्ट्रिय मगर संघ, नेकपा (एमाले)निकट नेपाल लोकतान्त्रिक मगर संघ, नेकपा (माओवादी केन्द्र)निकट मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, संघीय समाजवादी फोरम नेपालनिकट संघीय मगर फोरम नेपाल, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीनिकट मगर हाङ परिषद् पनि संघर्ष समितिमा आबद्ध रहेको संघर्ष समिति कास्कीका सचिव यामबहादुर थापामगरले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %