भलुहीमा वृक्षारोपण कार्यक्रम सम्पन्न !

Read Time:2 Minute, 45 Second

गोविन्द घर्ती मगर

देवदह, भाद्र २४ – जनप्रिय माध्यमिक विद्यालय देवदह–११, भलुहीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालयको बार्षिक कार्यक्रम अन्र्तगत नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वश्वरप्रसाद कोईरालाको १ सय २ औ जन्मजयन्तीको अवसरमा उक्त बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद पराजुलीको अध्यक्षता र ईलाका वन कार्यालय भलुहीका प्रमुख सहायक वन अधिकृत राजन खड्कको प्रमुख आतिथ्यतामा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा बोल्दै सहायक वन अधिकृत खड्काले विद्यालयले शैक्षिक प्रगति संगै सामाजिक दायित्व अन्र्तगत वातावारण जोगाउने काम गरेको धन्यवाद दिनु भएको थियो । उहाले विद्यालयले वृक्षारोपणले वातावरण जोगाउने काम गरेको बताउनु भयो ।

त्यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाली काग्रेसका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले सकारात्मक सोचका साथ अगाडि बढे समाजको विकास गर्न सकिनेमा जोड दिनुभएको थियो । उहाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री नेपाली काग्रेसको मात्र नभई आम नेपालीको महान नेता भएको दावी गर्नु भयो ।

नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्न विश्वश्र प्रसाद कोईरालाको अह्म भूमिका भएकोले नेपाली जनताले कहिल्यै भूल्न नसक्ने क्षेत्रीय सभापति खत्रीले बताउनु भयो । विद्यालयको खाली जग्गामा ३ सय ५० विरुवा रोपिएको विद्यालयले जनाएको छ । टिक, निम, सिमल, बेल लगायतका विरुवा रोपिएको विद्यालयका शिक्षक श्याम थापाले बताउनु भयो ।

विद्यालय प्रधानाध्यापक गायत्रीप्रसाद खरेलको स्वागत र शिक्षक श्याम थापाको संचालनमा भएको कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीयवासी, समाजसेवीहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %