म्याग्दी बेगखोलामा सहयोग वितरण

Read Time:2 Minute, 44 Second

कास्की,

म्याग्दी ,बेगखोला गाविस अन्तर्गत बेगखोलामा भाद्र १६ गते आएको बाढीले ११ घर पूर्ण क्षति र ४ घर आंशिक क्षति पुर्याएको छ भने एक जना मानिस बेपत्ता भएका छन ।यस आपतको घडीमा विभिन्न ठाउँबाट सहयोग आउने क्रम जारी रहेको छ ।

आफ्नो गाउँमा आएको विपतमा बेगखोला गाविसबाट देश बिदेशका विभिन्न ठाउँमा बसोबास गरिरहेका व्यक्तिहरुको मन पनि आफ्नो गाउँमा परेको बेला चुप लागेर बस्ने कुरै आएन यसर्थ पोखरा आएर बसोबास गरिरहेका बेगखोलेहरुको साझा संस्था बेगखोला कल्याणकारी समाज पोखराले आफ्नो गाउँमा परेको आपतको बेला सहयोग गर्न आफ्नो समाजको कल्याणकारी कोषबाट रु. ५० हजार र बेगखोलेहरुको घर-घरबाट व्यक्तिगत आर्थिक संकलन गरि जम्मा भएको १ लाख ३८ हजारको साथै बेगखोला कल्याणकारी समाज उपशाखा युकेले पनि आफ्नो गाउँमा परेको विपतको बेला सहयोग गर्न बैठक बसेर अतिशिघ्र रु.२ लाख तुरुन्त आर्थिक गाउँमा पठाउने निर्णय गरि उपशाखा युकेका अध्यक्ष योगकुमार फगामीले जानकारी दिएको हुँदा संयुक्त रुपमा वितरण गर्न हिजो भाद्र २१ गते म्याग्दी, बेगखोला पुगेर ३ लाख ८८ हजार आर्थिक हस्तान्तरण गरिएको छ ।

पोखरा लेकसाईडमा स्तुपा होटल संचालन गरिरहेकी बेग गाउँकी राजकुमारी गर्बुजाबाट प्रत्येकलाई पुग्ने गरि २२ डन्लप, १५ क्लेन्केट र १५ सिरानी हस्तान्तण गर्नुको साथै लायन्स क्लब अफ पोखराले जस्ता पाता हस्तान्तरण गर्ने गरि बेगखोला कल्याणकारी समाज पोखराका अध्यक्ष ओम पुर्जा, कल्याणकारी समाजकी आमा समुहका अध्यक्ष, पदाधिकारी लगायतका व्यक्तिहरु बेगखोला पुगेर आर्थिक लगायत जिन्सी हस्तान्तरण गरिएको छ ।

सर-सामाग्रीहरु हस्तान्तरण गर्न सजिलोको लागि चित्रबहादुर पुनको संयोजकत्वमा एक समिति हिजो नै निर्माण गरिएको छ ।

मेजन पुनबाट


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %