केवरे ताप्केमा पहिरोले पुरीएर एकै घरका ४ को मृत्यु !

Read Time:1 Minute, 28 Second

विनोद रखाली मगर

स्याङ्जा, भाद्र १९, स्याङ्जाको केवरेभन्ज्याङ् गाविस वडा न. ७ स्थीत माथिल्लो ताप्के भन्ने स्थानमा शनिवार राती परेको अविरल वर्षाका कारण पहिरो खस्दा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

घर मुलि थमन सिंह सारु मगरको घर भन्दा माथिवाट आएको पहिरो खसी घरको पछाडीको भित्ता सहित पहिरो घर भित्र पस्दा एकै कोठामा सुतिरहेका थमनसिँह सारुका आमा वर्ष ७८ की चन्द्र कुमारी सारु , मल्याङ्कोट घर भै माइत आएकी वर्ष ३१ की हुम कुमारी मसराङ्गी , वर्ष ७ की पुनम मसराङ्गी  र १ वर्षीय मिलन मसराङ्गीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङ्ले जनाएको छ । मृतक मध्ये हुम कुमारी मसराङ्गी तिज मनाउन माइत आएको र उनकी १ छोरी र १ छोरा मामाघर आएको वेला पहिरोमा परी मृत्यु भएको हो ।

पहिरो अन्दाजी २ वजेको समयमा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । हरितालिका तिजको दिनमै भएको दुखद घटनाले केवरेवासी र मल्याङ्कोटवासी शोकाकुल भएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %