घान्द्रुक , चैत्र ८
राष्ट्रिय प्रकृति संरक्षण कोष–अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा घान्द्रुकमा ‘समुदायमा आधारित पर्यटन सम्मेलन«” सम्पन्न भएको छ ।
सम्मेलनमा प्रमुख अतिथि पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव किशोर थापाले पर्यटन वर्षले सिथिल भएको पर्यटन क्षेत्रलाई जगाउनेका साथै विश्वभरी नेपालको सकारात्मक सन्देश दिएको बताए । उनले भने ‘वन्द र हडतालबाट देशलाई मुक्त गर्न सकियो भने देशमा पर्यटक वृद्धि गर्न सकिनेछ ।’ घान्द्रुकको गाँउको वयान गर्दै सचिव थापाले अहिले देशको प्रत्येक पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेकोले आगमी दिनमा हामीले मित्र राष्ट्र चीन र भारतका पर्यटक वढी तान्ने प्रयास गर्नु पर्नेमा जोड दिए । घान्दुकमा पर्यटन विकासको लागि सामुदायिक भवन निर्माणको लागि सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरेकाछन् ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव जुद्ध गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले यस क्षेत्रको जनताको जीवनस्तर उकासन विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिदै पर्यटन विकासको लागि आयोजनाले विभिन्न प्रकारका तालिम दिएको बताए । सोही अवसरमा कोषका कार्यकारी अधिकृत डा.सिदार्थ बज्रार्चायले नेपालमा समुदायमा आधारित पर्यटन विषयक कार्यपत्र प्रस्तुत गदै अन्नपूर्ण संरक्षण क्षेत्रले यस क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण सँगसंगै यस क्षेत्रमा समुदायमा आधारित पर्यटन विकासको लागि आयोजनाले खेलेको भूमिका वारेमा जानकारी गराए । अन्नपूर्ण संरक्षण क्षेत्रका आयोजना निर्देशक लाल प्रसाद गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रले यस क्षेत्रको संरक्षणको लागि सञ्चालन गरेका विभिन्न कार्यक्रको वारेमा विस्तृत जानकारी दिनुका साथै यस क्षेत्र महत्वपूर्ण पर्यटकीय क्षेत्रको रहेको हुदाँ अझ यस क्षेत्रको बिकास गर्नुपर्ने वताए ।
पर्यटन वर्ष २०११ को सचिवालय सदस्य तथा पर्यटन मन्त्रालयका उप–सचिव महोन पोखरेलले पर्यटन वर्षको वारेमा जानकारी दिए । क्षेत्रीय वन निर्देशक ऋषिराम त्रिपाठी एक्यापले संरक्षण र विकासको साथै पर्यटन विकासको लागि ठूलो भूमिका खेलेको कुरा व्यक्त गरे । उक्त कार्यक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत नरेन्द्र लामाले आयोजनाले पर्यटन विकासको आयोजनाले गरेको कार्यमा प्रष्ट पारेका थिए भने स्थानीय पर्यटन व्यवसायी शंकर वहादुर गुरुङ, किसम गुरुङ, नजरमान गुरुङ, सेन्चुरी पर्यटन व्यवसायी समितिका अध्यक्ष दलवहादुर गुरुङ, संरक्षण क्षेत्र व्यवस्थापन समिति घान्दु्रकका अध्यक्ष मनप्रसाद गुरुङ, टानका क्षेत्रिय अध्यक्ष सोम थापा यस क्षेत्रको पर्यटनको अवस्थाको वारेमा वोलेका थिए । आयोजना निर्देशक लालप्रसाद गुरुङ्गको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
समुदायमा आधारित पर्यटन विकासको नमुनाका रुपमा रहेको घान्द्रुकमा पहिले र पछिल्लो अवधिको तुलनात्मक अध्ययन गर्नुका साथै यसको प्रभावकारिता प्रबद्र्धन गर्ने उद्देष्यले यो सम्मेलन आयोजना गरिएको एक्यापमा सुचना अधिकृत देवेन्द्र थापाले बताए । कार्यक्रममा स्थानीय व्यवसायिका साथै पर्यटन मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यटन बोर्ड, पर्यटन सम्बन्धित संघ संस्थाका प्रतिनिधि तथा राजधानी र पोखराका पत्रकारहरुको समेत सहभागिता थियो ।
घान्द्रुकमा पर्यटन सम्मेलन
Read Time:5 Minute, 4 Second