गोबिन्द घर्ती मगर
भद्रौ १३ । बुद्ध सामुददायिक टेलिभिजनले रुपन्देहीको देवदह–११ भलुहीमा रहेको जनप्रिय माध्यमिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । टेलिभिजनले ९ औं बर्ष प्रवेशको अवसरमा जनप्रिया माध्यमिक विद्यालयमा अध्ययनरत ३ जना गरिव तथा जेहेन्ददार विद्यार्थीहरुलाई ५ हजार नगर प्रदान गरेको हो ।
टेलिभिजनका अध्यक्ष पृथ्वी बहादुर फौजदारको अध्यक्षता र जिल्ला शिक्षा कार्यालय रुपन्देहीका निमित्त जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी शर्माले बुद्ध टेलिभिजनले संचारको प्रवाह संगै सामाजिक दायित्व निर्वाह गरेकोमा धन्यवाद दिएका थिए ।
शर्माले टेलिभिजनले गरीव तथा विपन्न बर्गका विदार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर शिक्षा क्षेत्रको विकासमा समेत टेवा पु¥याएको बताए । छात्रवृत्ति प्रदानले विद्यार्थीहरुको पढाईमा टेवा पु¥याउने भएकाले हरेक संघसंस्थाले यस्ता सहयोगहरु ग्र्नुपर्नेमा जोड दिए । निमित्त जिल्ला शिक्षा अधिकारी शर्माले शिक्षाले मात्र समाजको रुपान्तरण गर्न सकिने भएकाले समाजमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयका विद्यालय व्यस्थापन समितिका अध्यक्ष केशव पराजुली लगायतले आआफना भनाई राखेका थिए । कार्यक्रममा जनप्रिय माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत तिर्सना वस्याल, कक्षा ९ का रोशन थापा, कक्षा ७ का कृपा सुनारलाई छात्रवृत्ति प्रदान गरेको हो ।
विद्यालयका प्रधानाध्यापक गायत्री प्रसाद खरेलको स्वागत, टेलिभिजनका सचिव राम प्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, टेलिभिजनका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
