गोबिन्द घर्ती मगर
भद्रौ १३ । हरेक बर्ष १२ प्रतिशतले लागु औषध सेवनकर्ताको वृद्धि भईरहेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले लागु औषध सेवनकर्तामा बढि मात्रामा युवा पंक्ति रहेको बताएका थिए ।
शिवालय सामुदायिक वन उपभोक्त समुह देवदह–७, ले आयोजना गरेको लागु औषध नियन्त्रण, युवा सचेतना प्रशिक्षण तथा अपराध रोकथाम एव वातावरण संरक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै प्रहरी बरिष्ठ उपरिक्षक शेर बहादुर बस्नेतले रुपन्देहीमा मात्र नभई नेपालमा नै लागुऔषधले विकराल रुप लिदै गएको बताए ।
बस्नेतले अभिभावकहरु सचेत नभएसम्म लागु औषध नियन्त्रण गर्न कठिनाई हुने हुदा सम्पूर्ण अभिभावकहरुले आ–आफना बच्चाहरुको आनीवानीको ख्याल गर्नुपर्नेमा जोड दिएका थिए । बस्नेतले अहिलेको पछिल्लो समयमा गाजा भन्दा पनि व्राउन सुगर प्रयोगकर्ताहरुको वृद्धि भईरहेको बताए । पारिवारिक बातावरण र साथीहरुको लहलहैमा युवाहरु लागुऔषध दुव्र्यसनीमा फसेको दावी गरे ।
शिवालय सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष खेमनारायण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सदस्य वासुदेव रिमाल, ईप्सा रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पौडेल, ईलाका वन कार्यालय शितलनगरका वसन्त दाहाल, प्रतिमा छोरी बुहारी आमा समुहका सुविस्ता वस्याल लगायतले आ–आफना भनाई राखेका थिए । यम कुमारी भूषालको स्वागत र दामोदर क्षेत्रीको सचालनमा भएको कार्यक्रममा स्थानीयवासी, विद्यार्थी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिा रहेको थियो ।
