देवदहमा वृक्षारोपण तथा संरक्षण कार्यक्रममा सम्पन्न !

Read Time:2 Minute, 35 Second

 

गोविन्द घर्ती

देवदह, भद्रौ ११ – शान्ति विना विकास संम्भव नहुने भएकाले सवैले त्यस तर्फ ध्यान दिनु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले द्धन्द्ध अन्त्य गरी समृद्धि समाज निर्माण गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । उनीहरुले दीगो शान्ति स्थापना गरी समाज रुपान्तरण तर्फ लाग्नु पर्नेमा जोड दिएका थिए ।

स्थानीय शान्ति समिति देवदहले आयोजना गरेको वृक्षारोपण तथा संरक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनीले द्धन्द्धलालई पहिचान गरी अन्त्य गर्न सवै राजनैतिक दलहरु एक जुट हुनुपर्नेमा जोड दिनु भयो । द्धन्द्ध अन्त्य गर्न सकारात्मक सोचको आवश्यक रहेको अध्यक्ष मरासिनीले औल्याउनु भयोे ।

स्थानीय शान्ति समिति देवदहका संयोजक मोतीलाल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पस प्रमुख दुर्गादत्त आर्चाय, स्थानीय शान्तिस समिति रुपन्देहीका सदस्य यम राना, सेक्टर वन कार्यालय शितनलगरका रेञ्जर वसन्त दहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ऋषिराम रेग्मी, सृजना महिला समुहका सृजना मरासिनी लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

सो अवसरमा रुपन्देहीको देवदह–८, शितलनगरमा रहेको सहीद स्मृति पार्कमा वृक्षारोपण समेत गरेको छ । वृक्षारोपण कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय महिला समुहहरुको सहभागिता रहेको थियो । स्थानीय शान्ति समिति देवदहका सदस्य भगवती गैरेको स्वागत र मेघनाथ पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %