विनोद रखाली मगर
पिडीखोला, भाद्र ११ – स्याङ्जाको पिडीखोला गाविसमा वडा न. ४ मा अवस्थित भाल्थुमकोट मन्दिर भासिदा दर्शनार्थीलाई समस्या भएको छ । 
गत २०७२ वैशाख १२ को भुकम्पले केही चर्काएको भाग अहिले वर्षाका कारण मन्दिरको उत्तर तर्फको वाँध झण्डै १.५ मिटर जमिन भित्र भासिए पछि अर्को वाँधले समेत ठाँउ छाडेपछि मन्दिरको अगाडिको छानो खसेको छ । छानोका कारण मन्दिरको प्रवेशद्धार नै छोपिएको र मन्दिर भित्र दर्शनका लागी जोखिम मोल्नुपर्ने वाध्यता रहेको मन्दिर सरंक्षण समितिका तिल वहादुर तराँउ मगरले जनाएका छन् ।
विगतमा पटक पटक उक्त वाँध भासिएकाले उक्त स्थानको जमिन जाँच तथा पुर्ननिमार्णका लागी स्थानीयले जिल्ला विकाश समिति स्याङ्जामा ध्यानाकषर्ण पत्र वुझाएका छन् । विशेष गरी ठुलो दशैं, चैते दशैं र चण्डीपूर्णिमा पर्वमा दर्शनार्थीकोे वाक्लो भिड लाग्ने गर्दछ । जिल्लाकै दोस्रो वलि दिने कालिका मन्दिरको रुपमा परिचित भाल्थुम कालिका मन्दिरमा स्याङ्जा, पाल्पा, पर्वत, गुल्मी देखि दर्शनाथीहरु आउने गर्दछन् । गत वर्ष पिडीखोला गाविस र स्थानीयको पहलमा कच्चि सडक मन्दिर स्थल सम्म पुर्याइएको थियो ।
उक्त सडक समेत वर्षाका कारण विच विच अवरोध भएकाले विजया दशमी सम्म सुचारु गर्ने तयारी भैरहेको स्थानीय क्लव श्री पिविविसी कालिका युवा क्लवका सचिव विमल रखाली मगरको भनाई छ । रखाली मगरका अनुशार हरेक वर्षका विशेष मेलामा क्लवले मन्दिर सरंक्षण, सरसफाई र दर्शनार्थीहरुलाई दर्शन कार्यमा सहजका लागी स्वयम्सेवक तथा हेरचाह गर्दै आएको समेत उनले वताए । साथै क्लवले मन्दिर सरंक्षण समिति सङ्ग समन्वय गरी पुर्ननिमार्णका लागि सम्पूर्ण सरोकारवाला निकाय, स्थानिय, देश विदेशमा रहनुहुने नेपाली दाजुभाईहरु सङ्ग आर्थिक, भौतिक, नैतिक सहयोगको आग्रह गरेको छ ।
जिल्लाको ग्रामिण पर्यटकिय स्थल एतिहासिक राज्य टाम्केकोट, रानीफाल, वाकछ्याक, भाल्थुमकोट, एक आपसमा सङ्गै रहेकाले पनि उक्त स्थानमा वनभोज तथा अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन हुने कार्य दिनहु वाक्लो छ ।
माछापुच्छे्र, अन्नपूर्ण लगाएतका हिमश्रृङ्खलाहरु, विभिन्न जिल्लाका मनमोहन दृश्यहरु, जडिवुटि, वन्यजन्तु लगाएतका प्राकृतिक सम्पदाको अवलोकनका लागी प्रसिद्ध भाल्थुमकोटमा चिया खेतिको लागि चियाका विरुवा लगाई अनुसन्धान गरेको उक्त स्थानमा क्लवले भ्यू टावर निमार्णको कार्य अगाडि सारेको समेत जनाएको छ । जिल्लाकै विकट गाविस पिडिखोलाको भाल्थुमकोट १७९२ मिटर उचाईमा अवस्थित छ ।
