अविनास सामाजिक सेवा संस्था देवदहले सामाजिक परिक्षण तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ !

Read Time:3 Minute, 5 Second

 

गोविन्द घर्ती

देवदह, भद्रौ १० – नेपाल अविनास सामाजिक सेवा संस्था देवदहले सामाजिक परिक्षण तथा अभिमुखीकरण गोष्ठी सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०७२/०७३ मा गरेको कार्यको सामाजिक परिक्षण तथा आर्थिक बर्ष २०७३/०७४ को कार्ययोजना गोष्ठी सम्पन्न गरेको हो । गोष्ठीमा संस्थाले आर्थिक बर्ष २०७२/०७३ मा गरेको कामको समिक्षा गरिनुको साथै आर्थिक बर्ष २०७३/०७४ मा गर्ने योजना वारे गोष्ठीको आयोजना गरेको हो ।

सो अवसरमा सहजीकरण गर्दै संस्थाका संयोजक प्रशंसा भरले गत बर्ष करिव ५९ लाख बरावरको काम गरेको र आर्थिक बर्ष २०७३/०७४ मा करिव ४९ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा संस्थाले वातारण संरक्षण, कृषि तथा पशुपालनमा आत्मनिर्भर बनाउने, गरीव तथा विपन्न समुदायको आर्थिक स्तर बृद्धि गर्ने, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनिकरणका कार्यक्रम अगाडि सारेको बताउनु भएको थियो ।

संस्थाले देवदह, मक्रहर लगायतका स्थानमा ६३ वटा समुह मार्फत विभिन्न कार्यहरु गर्दै आईरहेको सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष खडकबहादुर विकले बताउनु भएको थियो । सो अवसरमा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेले समाज परिवर्तनमा नासोले अह्म भूमिका खेलेको बताउदै नासोले बािर्षक कार्ययोजना ल्याउदा नगरपालिका संग समन्वय गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

उहाले नगरपालिका र नासो मिलेर संयुक्त रुपमा बार्षिक कार्ययोजना ल्याउन सके अझ काम गर्न सजिलो हुनेमा जोड दिनु भएको थियो । संस्थाका अध्यक्ष आमोस खड्काको अध्यक्षतामा भएको कार्यक्रममा यूनाईटेड मिसन टु नेपालका श्रीधर खनाल, देवदह नगर विकास समितिका अध्यक्ष दिल्लीराज मरासिनी, नेपाली काग्रेसका गुणखर भूर्तेल, एमालेका खैराज शर्मा, माओवादी केन्द्रका कृष्ण ढकाल, क्रान्तिकारी माओवादीका निमकला पुन, राष्ट्रिय जनमोर्चाका हरी केसी, वालकुमार श्रेष्ठ लगायतले आ-आफना भनाई राख्नु भएको थियो ।

यम रानाले सहजीकरण गर्नु भएको कार्यक्रमको संचालन विनोद खातीले गर्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %