मगर संघ कास्कीको अन्तर एकाइ कौह्रा प्रतियोगिता मंसिरमा !

Read Time:1 Minute, 6 Second

 

रूद्र श्रीसमगर

पोखरा, भदौ  ९ –  नेपाल मगर संघ कास्कीले मगर जातिको मौलिक नाच कौह्राको संरक्षण एवं प्रचार–प्रसार गर्ने उद्देश्यले आगामी मंसिर १८ गते अन्तर एकाइ कौह्रा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

बिहीबार सम्पन्न जिल्ला कार्यसमितिको विस्तारित बैठकले कौह्रा नृत्य प्रतियोगिता गर्ने निर्णय गरेको अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो । पोखरा सभागृहमा हुने प्रतियोगितामा नेपाल मगर संघ कास्की अन्तर्गतका विभिन्न एकाइ समितिहरूले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा नगद पुरस्कार दिइने र बाँकी तयारीका बारेमा आगामी बैठकले तय गर्ने निर्णय गरेको सचिव यामबहादुर थापामगरले जानकारी दिनुभयो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %