गोविन्द घर्ती
देवदह, भद्रौ ५ – प्रथम मायादेवी पुरुष तथा महिला भलिवलको उपाधी लाफा समुह बुटवल हात पारेको छ । जीत संगै लाफा समुहले ५० हजार नगद, ट्रफी प्राप्त गर्न सफल भएको छ । उज्जवल युवा क्लव देवदह–९, द्धारा महिलाहरुको महान पर्व तीजको अवसरमा आयोजित प्रथम मायादेवी पुरुष तथा महिला भलिवल प्रतियोगिताको उपाधी लाफा समुह बुटवलले जित हात पारेको हो ।
प्रतियोगिताको फाईनल खेलमा मणिमुकुण्द निलोलाई हराउदै लाफा समुहले उपाधी हात पार्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक रहेको फाईनल खेलमा २५–२०, २५–२०, २५–१९ को सोझो सेटमा लाफा समुहले जित हात पारेको हो । प्रतियोगिता अर्न्तगत लाफा समुहले सेमिफाईनलमा मगर युवा संघ शितलनगरलाई हराउदै र मणिमुकुण्द निलोले शान्ति नमुना उच्च माविलाई हराउदै फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा विजेता लाफा समुहले ५० हजार र उपविजेता मणिमुकुण्द निलो ३५ हजार हात पारेको छ । त्यसैगरी महिला भलिवल अर्न्तगतको खेलमा एभरेष्ट बोडिङ्ग स्कुले उपाधी जित हात पारेको छ । फाईनल खेलमा दिप बोडिङ्ग स्कुललाई हराउदै एभरेष्ट बोडिङ्ग स्कुललाई हराउदै उपाधी हात पारेको हो । फाईनल खेलमा २५–१३, २५–२१, २५–१३ को सोझो सेटमा दिप बोडिङ्गलाई हराएको हो ।
जित संगै एभरेष्ट बोडिङ्ग स्कुले १० र उपविजेता दिप बोडिङ्ग स्कुलले ७५०० हात पारेको छ । प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले एक कार्यक्रमका वीच पुरस्कार वितरण गर्नु भएको थियो ।
क्लवका अध्यक्ष गोपाल बयाम्वुको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरे, राजनैतिक दलका प्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेको थियो ।
