देवदह नगरपालिकाद्धारा वालमैत्री शासन सम्वन्धी गोष्ठी सम्पन्न !

Read Time:2 Minute, 52 Second

गोविन्द घर्ती

देवदह, भद्रौ ४ – देवदह नगरपालिकाद्धारा वालमैत्री स्थानीय शासन सम्वन्धी कार्ययोजना निर्माण गोष्ठी सम्पन्न भएको छ ।

देवदह नगरपालिकालाई वालमैत्री नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ उक्त कार्ययोजना निमार्ण गोष्ठी सम्पन्न भएको हो । कार्ययोजना निर्माण गोष्ठीले ३९ वटा सूचक मध्ये १५ वटा सूचकको अवस्था राम्रो देखिएको र २४ वटा सूचक तोकिए बमोजिम व्यवहारिक प्राप्तीको लागि कार्ययोजना गोष्ठी मार्फत पारित गरेको देवदह नगरपालिकाले जनाएको छ ।

कार्ययोजना निर्माण गोष्ठीले देवदह नगरपालिकालाई ०७४ को मंसीर सम्म वालमैत्री नगरपालिका घोषणा गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत गंगाप्रसाद पन्थीले जानकारी दिनु भयो । कार्ययोजना निर्माण गोष्ठीले २०७४ मंसीर सम्म वालावालिकालाई विद्यालयको पहुचमा पु¥याउने, विद्यालयमा छात्रछात्रालाई छुट्टाछुट्टै शोचालयको निर्माण, दण्दरहीत वालमैत्री शिक्षक पद्दतिको व्यवस्था, वालक्लव गठन लगायतका सूचकहरु पारित गरेको छ ।

स्थानीय निकायले संचालन गर्ने योजनामा बालबालिकाको योजना तथा कार्यक्रम समेटिने लगायतका सूचकहरु गोष्ठीले पारित गरेको नगरपालिकाले जनाएको छ । कार्ययोजना निर्माण गोष्ठीले देवदह नगर वाल संरक्षण समिति गठन गरेको छ । जसको सदस्यहरुमा विष्णुप्रसाद वस्याल, भगवती भण्डारी, शुसिला आले, त्रिलोचन दहाल, बलिराम भर, दिनेश विक, ताज मोहम्मद अली रहनु भएको छ ।

गोष्ठीलाई सुनवल नगरपालिकाका रेशम शर्मा र यूनिसेफका क्षेत्रीय प्रशिक्षक सर्मिला पौडेलले सहजीकरण गर्नु भएको थियो । देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेश घिमिरेको अध्ययक्षता, प्रशासकीय अधिकृत गंगापूसाद पन्थीको स्वागत, विष्णुप्रसाद वस्यालको संचालनमा भएको कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, वालक्लवका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %