देशलाई संकटवाट जोगाउन दलहरु मिल्नु पर्दछ : डा भट्टराई

बैतडी ७ चैत
एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष डा बाबुराम भट्टराईले देशमा सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेकाले दलहरुले मिल्नुको विकल्प नरहेको बताएकाछन् ।
बैतडी र दार्चुला पुगेपछि ७५ वटै जिल्लाको भ्रमण पूरा भएको बताउँदै भट्टराईले भने – ‘नेपालका सबै जिल्ला भ्रमण गर्ने सपना पूरा भयो, अब नयाँ नेपालको खाका कोर्छु ।’

कार्यकर्ता प्रशिक्षणका क्रममा डा भट्टराई आज दार्चुला पुगेपछि उनले भने  ‘बदलिँदो राजनीतिक परिवेशमा भारतसँग सिमाना जोडिएका दुईवटै जिल्ला हेर्ने रहर पनि पूरा भएको छ ।’

उनी आज दार्चुलामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गरी भोलि राजधानी फर्कने कार्यक्रम  छ  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %