मगर सांस्कृतिक संघ कास्की अध्यक्षमा दीपक थापा !

Read Time:2 Minute, 38 Second

रूद्र श्रीसमगर

पोखरा, भदौ १ – नेपाल मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा हास्य कलाकार दीपक थापामगर चयन हुनुभएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट थापामगर तदर्थ समितिको अध्यक्षमा चयन हुनुभएको हो । त्यसैगरी, भेलाबाट उपाध्यक्षमा सरिता सारूमगर, सचिवमा सुरज थापामगर, सह–सचिवमा सञ्जय पुनमगर र कोषाध्यक्षमा रमा रानामगर चयन हुनुभएको छ । त्यस्तै, ११ सदस्यीय समितिका सदस्यहरूमा रेनु थापामगर, वसन्ती थापामगर, सृष्टि पुनमगर, सिर्जना आलेमगर, दिवस थापामगर र वसन्त सुनारीमगर चयन हुनुभएको छ ।

यसअघि, भेलाको उद्घाटन गर्दै नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय सह–कोषाध्यक्ष कल्याण रानामगरले मगर कलाकारहरूलाई संगठित गर्नु संघको प्रमुख उद्देश्य रहेको बताउनुभयो । कला, संगीत र मगर जातिबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै रानामगरले मगर जाति कला, संस्कृतिको धनी जाति भएको उल्लेख गर्नुभयो । मगर कलाकारहरूलाई एकताबद्ध बनाएर मगर कलाकारहरूको हक, हितका निम्ति संघर्ष गर्ने उल्लेख गर्दै रानामगरले मगर कलाकारहरू एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य शैलेश रानामगर, चर्चित लोकदोहोरी गायक कुमार पुनमगर, सञ्जय पुनमगर, उदीयमान म्यूजिक भिडियो निर्देशक गोविन्द पुनमगर, नेपाल मगर सांस्कृतिक संघ तनहुँका जिल्ला सदस्य याम सारूमगर, नेपाल मगर लेखक संघ कास्कीका अध्यक्ष मीगीन, नेपाल मगर विद्यार्थी संघ कास्कीका अध्यक्ष दिनेश रोकामगरलगायतले बोल्नुभएको थियो ।

संघका केन्द्रीय सदस्य पदम थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर र गायिका सरिता सारूमगरले स्वागत गर्नुभएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %