नारी दिवसको अवसर छोपेर आदिवासी जनजाति सम्बद्ध महिलाहरुको संघसंस्थाहरुले प्रधानमन्त्री झलनाथ खनाललाई भेटी उनीहरुको साझा मुद्दाप्रति ध्यानाकर्षण गराएकाछन् । आदिवासी महिलाहरुको मुद्दामा राज्य संवेदनशील हुनुपर्ने सो ज्ञापनपत्रमा उल्लेख गरिएकोछ । सो ज्ञापनपत्रमा भनिएकोछ,’नेपाली महिला भित्रपनि विभेदका शिकार आदिवासी जनजाति महिलाहरुले तोकिएको समयमै संविधान, संविधानमा आदिवासी जनजाति महिलाका पहिचानका साथै आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार सहित जतिय स्वायत्तता र स्वाशासन, पुख्यौली भुमि र प्राकृतिक स्रोत र साधनमा स्वामित्व र नियन्त्रणको अधिकार हुनेछ ।’ उक्त १२ बुदे घोषणापत्र प्रधानमन्त्री झलनाथ खनाललाई बुझाइयो । त्यसैको पूर्वसंन्ध्यामा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सहित विभिन्न जातिय संस्थाहरुको एक्यवद्धता सहितको भब्य रयाली निकालिएको थियो ।

यसै गरि नेपाल मगर महिला संघ केन्द्रीय समितिको आयोजनामा समान अवसर समान पहुच र समान निर्णयको नारा सहित १०१ औं अन्तराष्ट्रिय नारी दिवसमा अन्र्तक्रिया कार्यक्रम गर्यो । नेपालकै आदिवासि जनजाति महिला मध्ये बढि जनसंख्यामा रहेका मगर महिलाहरुको मुद्धा अव बन्ने सम्बिधानमा लिपिवद्ध गराउनका लागि र अन्य उत्पीडनमा रहेको महिलाहरुका पनि सवाललाई बकालत गर्नका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको त्यसका अध्यक्ष गंगा खासु बताउछिन् । नयां बन्ने संविधानमा मगर महिलाको पहिचान सहित निति निर्माण तहमा मगर महिलाको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने, मगर महिलाहरुलाई जातिय जनसँख्या एवम लैगिक आधारमा समानुपातिक प्रतिनिधित्व र नेतृत्वदायी भूमिका सुनिश्चित गरिनुपर्ने, मगर महिलाहरुलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना आफनो मातृभाषा बाट आदान प्रदानको हक सुनिश्चित हुनु पर्ने, मगर महिलाहरुको राजनीतिक, आर्थिक, सामाजिक, भाषिक, साँस्कृतिक, शैक्षिक, रोजगारी, स्वास्थ्य आदिको क्षेत्रमा विशेष व्यवस्थाको प्रावधान राख्नु पर्ने, मगर महिलाहरुको परम्परागत ज्ञान, सीपलाई संरक्षण र सम्बर्धनका राज्यले मौलिक अधिकारमा राखिनु पर्ने, मगर महिलाहरुको परम्परागत तथा प्रतिनिधिमुलक संस्थाको माध्यमबाट छनौट प्रकृया बमोजिम छानिएको प्रतिनिधि रहने व्यवस्था हुनु पर्ने, मगर महिलाहरुको परम्परागत मूल्य र मा्रन्यता र प्रथाजनित कानुनलाई स्थापीत दिनु पर्ने, मगर राज्यको सिमाको सिमाङकन मगर समुदायमा अधिकार रहने जस्ता मगर महिलाका मुद्धाहरुको बारेमा अन्तरक्रिया गरियो ।
कार्यक्रम नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष गंगा खासुमगरको सभाध्यक्ष, संघका सदस्य मिना थापा मगरको स्वागत मन्तव्य, कुमारी थापामगरको कार्यक्रम संचालन रहेको कार्यक्रममा दलित महिलाका बाट मनु खडका, एकल महिलाबाट पुर्णिमा क्षेत्री, मुस्लीम महिला बाट मिना खातुन, सुकुम्वासी महिलाबाट कल्पना, माईती नेपालका रिता गौतम, नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिका गोविन्द पुनमगर लगायतका सहभागिहरुले अन्तक्रियामा भाग लिएका थिए ।

